मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार २०:०९:००
Read Time : < 1 मिनेट
सप्तरंग

बलिउडमा अक्षय कुमार सर्वाधिक कमाइ गर्ने सेलिब्रेटी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार २०:०९:००

आर्थिक सर्वेक्षण गर्दै आएको पत्रिका फोर्ब्सले विश्वमा सबैभन्दा धेरै कमाइ गर्ने सय सेलिब्रेटीको नाम सार्वजनिक गरेको छ । फोर्ब्सका अनुसार सबैभन्दा धेरै कमाइ गर्ने सेलिब्रेटीमा अमेरिकी गायिका टेलर स्विफ्ट पहिलो स्थानमा रहेकी छन् । उनले बिस अर्ब बिस करोड ८० लाख रूपैयाँ आम्दानी गरेकी छन् ।  

यस्तै, गायिकाहरू काइली जेनर दोस्रो र कान्ये वेस्ट तेस्रो स्थानमा रहेका छन् । सर्वाधिक कमाइ गर्ने फुटबल सेलिब्रेटीमा लियोलन मेसी पाँचौ, क्रिस्टियानो रोनाल्डो सातौँ र नेमार आठौँ नम्बरमा रहेका छन् । यो वर्ष भारतका सेलिब्रेटीहरूमध्ये अक्षय कुमार मात्रै परेका छन् । उनी धेरै कमाइ गर्ने सेलिब्रेटीको ३३ औँ स्थानमा रहेका छन् । उनले सात अर्ब दश करोड ४० लाख रूपैयाँ आम्दानी गरेका छन् । अघिल्लो वर्ष उनले करिब साढे ४ अर्ब आम्दानी गरी ७६ औँ स्थानमा रहेका थिए । 

फोर्ब्सका अनुसार यस वर्ष बलिउडका सुपरस्टार सलमान खान सर्वाधिक कमाइ गर्ने सेलिब्रेटीबाट बाहिरिएका छन् । अर्का सुपरस्टार शाहरुख खान लगातार दुई वर्षदेखि सूचीमा पर्न सकेका छैनन् ।