१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ असार २६ बिहीबार १९:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

डिएसपी भन्दै ठगी गर्ने भगौडा सिपाही पक्राउ

Read Time : < 1 मिनेट
२०७६ असार २६ बिहीबार १९:४०:००

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को डिएसपी भन्दै ठगी गर्ने धादिङ धुनिवेशी नगरपालिका–२ का ३८ वर्षीय राजेन्द्र प्रसाद लुइटेललाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएका प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । 

प्रहरी वृत्त थानकोटका प्रमुख डिएसपी कुमार विक्रम थापाका अनुसार उनलाई प्रहरीले नगार्जुन नगरपालिका–७ सितापाइलाबाट पक्राउ गरिएको हो । उनकाे साथबाट एक थान रेडियो सेट बरामद गरेकाे जानकारी दिए । अनुसन्धानपछि लुइटेल सशस्त्र प्रहरीको भगौडा जवान भएकाे प्रहरीले जानकारी दिए ।

अनुसन्धानमा खटिएका वृत प्रमुख डिएसपी थापाले भने, ‘चन्द्रागिरी नगरपालिका–१५ बस्ने लुइटेलले सोही स्थानका बिजय तामाङलाई सेकुरेटी कम्पनी रहेको र कम्पनीमा ५ प्रतिशत सेयर हाल्न भन्दै १ लाख ६० हजार माग गरेको पाइयो ।  यस क्रममा उनले १० हजार रुपैयाँ दिइसकेको रहेछ । घटना सम्बन्धमा थप अनुसन्धान हुँदै छ ।’