मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी  नयाँ दिल्ली
२०७६ असार २६ बिहीबार ११:२४:००
Read Time : < 1 मिनेट
विश्व

लाखौको मन दुखेको छ तर ‘टिम इन्डिया’प्रति माया र सम्मान छ : राहुल गान्धी 

Read Time : < 1 मिनेट
एजेन्सी  नयाँ दिल्ली
२०७६ असार २६ बिहीबार ११:२४:००

विश्वकप क्रिकेट २०१९ को उपाधी दाबेदार मानिएको भारतीय क्रिकेट टोली बुधबार न्युजिल्याण्डसँग १८ रनले पराजित भयो । यससँगै भारतीय टोलीको यो विश्वकप यात्रा समाप्त भएको छ । 

कमजोर लक्ष्य पछ्याउँदा पनि हारेकोमा भारतीय टोलीको चौतर्फी आलोचना भइरहेको छ । तर यस्तोमा भारतीय कांग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धीले भने सहानुभूतिसहित भारतीय क्रिकेट टोलीप्रति सम्मान व्यक्त गरेका छन् । 

‘आज राति पक्कै पनि लाखौको मन दुखेको छ । तर टिम इन्डिया, जबरजस्त प्रतिस्पर्धाका लागि माया र सम्मानको हकदार छ,’ राहुलले बुधबार राति ट्विट गर्दै सहानुभूति प्रकट गरेका छन् । ट्विटमा उनले न्युजिल्याण्डलाई जितका लागि बधाई पनि दिएका छन् ।