मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार १४:०९:००
Read Time : < 1 मिनेट
समाचार

कांग्रेस महासमिति बैठक सुरु (भिडियाे)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार १४:०९:००

कांग्रेसको महासमिति बैठक शनिबार काठमाडौंमा सुरु भएको छ ।


पार्टी सभापति शेर बहादुर देउवाले उद्घाटन गरेको महासमिति बैठकमा आर्थिक, सांगठनिक र राजनीतिक प्रतिवेदन पेश हुने छ । पार्टीको विधान महासमिति बैठकमा  छलफलका लागि पेस गरिनेछ । बैठकमा मुलुकभरबाट निर्वाचित महासमिति सदस्य तथा जिल्ला सभापतिहरु, भातृ र शुभेच्छुक संस्था, मनोनित महासमिति सदस्य, विदेशस्थित जनसम्पर्क समितिका प्रनिनिधि, निर्वतमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी एक हजार सात सय प्रतिनिधि सहभागी छन् । 


केन्द्रीय सदस्य तथा महासमिति सदस्य नरहेका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरु बैठकमा सहभागी भएका छन् । बैठक पुस ३ गते सम्म चल्ने छ । देउवा सभापतिमा निर्वाचित भएपछि पहिलोपटक महासमिति बैठक भएको हो ।