मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार १०:४४:००
Read Time : < 1 मिनेट
नयाँCity

मुस्ताङ जाने रहर छ : गजित विष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार १०:४४:००

म अझै मुस्ताङ पुगेको छैन । त्यसैले मुस्ताङ जान आतुर छु । त्यहाँको लोकेसन मेरा लागि अर्गानिक हुनेछन् । मलाई जान अति मन लागेर पनि समय नमिलेको हो । त्यहाँ जान पाए हुन्थ्यो भन्ने सोचिरहेको हुन्छु । त्यहाँको पहाडको बनोटको किस्सा सानैदेखि खुब सुन्दै आएको हुँ । त्यहाँ सुटिङ गरेर फर्किने साथीहरूले मुस्ताङको वातावारणको विषयमा निकै चर्चा गर्छन् । म साह्रै लालायित हुन्छु ।

अब बन्ने प्रोजेक्टमा मेरो लोकेसनको गन्तव्य मुस्ताङ नै हुनेछ । प्रकृतिको अद्भूत शृंखला रहेको मुस्ताङमा फिल्म खिच्न मन लागेको छ । त्यो लोकेसनमा आफ्नो प्रस्तुति दिन चाहिरहेको छु । मलाई मुस्ताङमा हुने घोडसवार संस्कृति हेर्न मन छ । प्राकृतिक सौन्दर्य र हिमालको काखमा रहेका बस्तीको दैनिकी हेर्न मन छ । त्यसकारण, अबको मेरो गन्तव्य मुस्ताङ हुनेछ ।