१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नायक
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार १०:३४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

भात खान्नँ : मुकुन भुसाल

मेरो फिटनेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार १०:३४:००

म बिहान साढे ५ बजे उठ्छु । सुरुमै दुई गिलास पानी पिउँछु । त्यसपछि डोरी नाघ्ने खेल (स्किपिङ) खेल्छु । त्यो खेलेपछि पसिना आउँछ । फ्रेस हुन्छु र त्यसको केही समयपछि पानीमा उमालेको जौको चिउरा थोरै मह राखेर खान्छु । त्यो खाइसकेपछि एकैछिन आराम गर्छु । त्यसपछि इन्स्टिच्युटमा पढाउन जान्छु । त्यतिवेला ७ बजिसकेको हुन्छ ।

दुई घन्टा क्लास लिइसकेपछि घर फर्केर एकछिन डम्बेल उठाउँछु । त्यसपछि, नुहाएर तीनवटा रोटी र तरकारी खान्छु । पहिले एकदमै धेरै माछा–मासु खान्थेँ म । अहिले अन्डा र माछा–मासु खान छाडेको छु ।

बिहान ११ बजेतिर चना भिजाउँछु र काममा निस्किन्छु । साँझ ६ बजेदेखि सात बजेसम्म जिम जान्छु । जिमबाट घर फर्किएपछि त्यो भिजाएको चनामा हल्का नुन राखेर खान्छु । दहीसँग एउटा मात्र नान रोटी खान्छु ।

म बिहान–बेलुका नै भात खान्नँ । दिनभरिमा तीनदेखि चार लिटर पानी पिउँछु । बेलुकाको नान र दही खाइसकेपछि कि फिल्म हेर्छु, कि पढ्छु । फिल्म हेरेको वेला पनि हेर्दाहेर्दै पज गरेर पौने ९ बजे बिबिसी सुन्छु । त्यो मेरो लागि नसा नै हो । सधैँ मेरो सुत्ने समयचाहिँ ११ बजे हो ।