मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार ०८:४७:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

मार्दी हिमालले लोभ्यायो : सुकुमाया मोक्तान

ट्रेकिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार ०८:४७:००

म धेरै भ्रमण गर्न मन पराउने मान्छे हुँ । त्यसैले होला, साथीहरूले मेरो नाम फिरन्ते राखिदिएका छन् । थुप्रै देशको यात्रा गरिसकेकी छु । विकासका दृष्टिकोणले त्यहाँका ठाउँ राम्रा छन् । तर, भौगोलिक हिसाबले हेर्दा नेपालजत्तिको राम्रो ठाउँ मलाई कतै लागेन । गत वर्ष दसैँपछि मार्दी हिमाल गएकी थिएँ । अन्नपूर्ण सर्किटअन्तर्गत पर्ने यो हिमाल नेपालका प्रसिद्ध ठाउँमध्ये एक हो । मैले भ्रमण गरेकामध्ये पनि अहिलेसम्मकै रमाइलो लागेको ठाउँ यही हो । 

काठमाडौंबाट हिँडेको तीन दिनमा मार्दी हिमाल पुगिन्छ । त्यो हिमाल भएको डाँडाको नाम बादलडाँडा हो । ३८०० मिटरको उचाइमा रहेको छ । त्यहाँबाट हेर्दा बादल तल जमिनमा देखिन्छ । यो दृश्यले त्यहाँ जाने जो–कोहीलाई पागल बनाउँछ । त्यहाँ पुगेपछि हृदय खोलेर खुसी हुन मन लाग्छ ।

मार्दी हिमाल पोखरा हुँदै गइन्छ । हिमाल तलको बेसीसम्म गाडीमै जान सकिन्छ, त्यसपछि पैदल यात्रा सुरु हुन्छ । मेरो यो पहिलो ट्रेकिङ थियो । त्यसैले, त्यो ठाउँ अहिले सम्झिँदा पनि गइहालूँजस्तो लाग्छ । हामी सातजनाको ग्रुपमा गएका थियौँ । रमाइलो भयो । अब फेरि धेरै साथी बनाएर जाने प्लानमा छु । स्वास्थ्य समस्या हुने र हिँड्न नसक्नेलाई भने त्यहाँ जान अलि गाह्रो हुन्छ ।