मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ असार २६ बिहीबार ०७:०७:००
Read Time : > 2 मिनेट
सेयर बजार

१ दशमलव १२ अंकले घट्यो बजार

Read Time : > 2 मिनेट
२०७६ असार २६ बिहीबार ०७:०७:००

बुधबार सेयर बजार परिसूचक नेप्से १ दशमलव १२ अंकले घटेको छ । बजार खुलेसँगै घटेको परिसूचक १२ बजेपछि भने बढ्न थालेको हो । यस दिन नेप्से परिसूचक घटे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ । यतिवेला लगानीकर्ता मौद्रिक नीतिको पर्खाइमा छन् । मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको मर्जरको विषय सम्बोधन हुने भएपछि लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । मौद्रिक नीतिले ल्याउने फोर्स मर्जरले कुन–कुन वित्तीय संस्था मर्जरमा जान्छन् भन्ने विषयले पनि लगानीकर्ता अन्योलमा देखिएका हुन् । त्यस्तै, बैंकहरूले असार लागेपछि नयाँ कारोबार नगर्ने भएकाले पनि बजारमा त्यसको प्रभाव देखिन्छ । 

 बजार सारांश
बुधबार नेप्से परिसूचक १ दशमलव १२ अंक घटेर १ हजार २ सय ४९ दशमलव १५ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यसदिन शून्य दशमलव ७३ अंक घटेर २ सय ६८ दशमलव ३३ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यसदिन शून्य दशमलव शून्य १ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १२ अंक घटेको छ । यसदिन १ सय ६८ कम्पनीको ५ हजार २ सय ७२ पटकको कारोबारमा ५७ करोड ३४ लाख ४७ हजार ५ सय ९ रुपैयाँँबराबरका २९ लाख ९८ हजार ९ सय ४७ कित्ता सेयर खरिद–बिक्री भएका छन् । 

आठ समूहको परिसूचक घट्यो
यसदिन कारोबारमा आएका ११ समूहको परिसूचकमध्ये आठ समूहको परिसूचक घटेको छ । त्यस्तै, तीनवटा समूहको परिसूचक भने बढेको छ । बंैकिङ समूहको परिसूचक १ दशमलव ७८ अंकले बढेको छ । त्यस्तै, लघुवित्तको ३ दशमलव ५२ र जीवन बिमा कम्पनीको समूहको १ दशमलव ४४ अंकले परिसूचक बढेको छ । तर, होटेल समूहको परिसूचक ३ दशमलव ७८ अंकले घटेको छ । विकास बैंकको २ दशमलव ७६, जलविद्युत्को ४ दशमलव ५४, वित्त समूहको शून्य दशमलव ९८, निर्जीवन बिमा कम्पनीको १६ दशमलव ७५, उत्पादनको २७ दशमलव शून्य १, अन्यको ६ दशमलव ९३ अंक र सामूहिक कोषको शून्य दशमलव ११ अंकले घटेको छ 

सिभिल बैंकको प्रमोटर सेयर धेरै खरिद–बिक्री
यसदिन कारोबार रकम र कारोबार सेयर संंख्याको आधारमा सिभिल बैंकको प्रमोटर सेयर अग्रपंक्तिमा छ । बैंकको १७ करोड ५३ लाख ५९ हजार रुपैयाँँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बैंकको १७ लाख ५३ हजार ५ सय ९४ कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबार अन्तिममा बैंकको सेयरमूल्य १ सय रुपैयाँँ कायम भएको छ । सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको ४ करोड ११ लाख ६५ हजार रुपैयाँँबराबरको सेयर कारोबार भएको छ । कारोबार अन्त्यसमा २ हजार ४ सय ३९ सेयरमूल्य कायम भएको छ । नेपाल बैंकको २ करोड २३ लाख १७ हजार रुपैयाँँबराबरको सेयर कारोबार भएको छ भने ६६ हजार २ सय १० कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबारको अन्तिममा बैंकको सेयरमूल्य ३ सय ३८ कायम भएको छ । एनआइसी एसियाको १ करोड ६५ लाख ९५ हजार रुपैयाँँबराबरको सेयर कारोबार भएको छ । बैंकको अन्तिम सेयरमूल्य ४ सय ४५ कायम भएको छ । शिवम् सिमेन्टको १ करोड ५५ लाख ७१ हजार रुपैयाँँबराबरको सेयर कारबोर भएको छ । कारोबारको अन्तिममा सेयरमूल्य ६ सय १ कायम भएको छ । 

इन्फिनिटी लघुवित्त सेयर सबैभन्दा धेरैले बढ्यो
यसदिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरैले बढेको छ । संस्थाको सेयरमूल्य ९ दशमलव ८१ प्रतिशतले बढेको । समिट लघुवित्त वित्तीय संस्थाको ४ दशमलव ४९, मल्टीप्रपोज फाइनान्स कम्पनीको ४ दशमलव ४४, नेपाल हाइड्रो डेभलभर्सको ४ दशमलव १३ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमूल्य ३ दशमलव ७९ प्रतिशतले बढेको छ । तर, सिभिल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९ दशमलव ६७ प्रतिशतले घटेको छ । कन्चन डेभलपमेन्ट बैंकको ६ दशमलव शून्य ९, आखुखोला जलविद्युत्को ५ दशमव ४०, नबिल इक्वटीको ४ दशमलव ४८ र कर्पोरेट डेभलपमेन्ट बैंकको ४ दशमलव ६ प्रतिशतले घटेको छ । 

अपर तामाकोसीको सेयर धेरैपटक खरिद–बिक्री
यसदिन अपर तामाकोसी जलविद्युत् कम्पनीको सेयर धेरैपटक खरिद–बिक्री भएको छ । कम्पनीको सेयर २ सय २७ पटक खरिद–बिक्री भएको अन्तिम मूल्य २ सय ६७ कायम भएको छ । मेगा बैंकको १ सय ८८ पटक खरिद–बिक्री भएर २ सय १२ अन्तिम सेयरमूल्य कायम भएको छ । प्रभु बैंकको १ सय ६२ पटक खरिद–बिक्री भएर २ सय ६० अन्तिम सेयरमूल्य कायम भएको छ । शिवम् सिमेन्टको १ सय ६० पटक र सेन्चुरी कर्मसियल बैंकको १ सय ३५ पटक सेयर खरिद–बिक्री भएको छ ।