१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस/एएफपी लण्डन
२०७६ असार २५ बुधबार १९:१२:००
Read Time : < 1 मिनेट
विश्व

राष्ट्रपति ट्रम्पसँग विवाद भएपछि अमेरिकाका लागि बेलायती राजदूतले दिए राजीनामा 

Read Time : < 1 मिनेट
रासस/एएफपी लण्डन
२०७६ असार २५ बुधबार १९:१२:००

राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाद भएपछि अमेरिकाका लागि बेलायती राजदूत किम ड्यारोकले राजीनामा दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘अयोग्य र असफल’ भएको टिप्पणी गरेको सार्वजनिक भएपछि ट्रम्प र किमबीच विवाद शुरु भएको थियो । 

 बेलायती विदेश मन्त्रालयका अधिकारीलाई बुझाएको राजीनामापत्रमा किमले ट्रम्पसँगको सम्बन्ध सुधार्न ‘असम्भव’ देखेर राजीनामा दिनुपरेको उल्लेख गरेका छन् । उनले सम्बन्ध सुधार र बेलायती चासोका बारेमा बुझाउन पटकपटक प्रयास गरे पनि सफल हुन नसकेको राजीनामापत्रमा उल्लेख गरेका छन् । 
‘राम्रोसँग भूमिका निर्वाह गर्न असम्भव देखेर जिम्मेबारी त्याग्ने निर्णय गरेको छु,’ उनले भनेका छन् ।  

उनको राजीनामाका बारे प्रधानमन्त्री थेरेसा मेले संसद्मा जानकारी गराएकी छिन् । राजदूत किमले विगतमा राम्रो जिम्मेवारी निर्वाह गरेको भन्दै उनले धन्यवाद दिइन् । किमले ट्रम्पको आलोचना गरेको इमेल केही दिन अगाडि सार्वजनिक भएको थियो । इमेल सार्वजनिक भएसँगै ट्रम्पले पनि राजदूत किमको आलोचना गरेका थिए ।