मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष १८ बुधबार ११:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सरकार माफियाको चंगुलमा : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १८ बुधबार ११:३८:००

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकार माफिया, दलाल तथा बिचौलियाको चंगुलमा फसेको आरोप लगाएका छन् । मंगलबार नेविसंघ जाजरकोटको १०औँ अधिवेशनलाई सम्बोधन गर्दै नेता पौडेलले सरकारबाट अहिले माफिया, दलाल तथा बिचौलियालाई मात्र पोस्ने काम भइरहेको दाबी गरे ।

‘निर्मला पन्तका हत्यारालाई पक्राउ गर्न नसकेर सरकारले आफ्नो लाचारी प्रमाणित गरेको छ,’ उनले भने । घटनाक्रमले पन्तको हत्याराले सरकार नै हल्लाउन सक्ने संकेत दिएकाले वास्तविक हत्यारा पत्ता लाग्ने सम्भावना कम भएको औँल्याउँदै हत्यारा पत्ता लगाउने नाममा चरम यातना दिएर पटक–पटक निर्दोषलाई फसाउने काम भइरहेको उनको आरोप थियो ।  

कम्युनिस्टले आफ्नै मात्र स्वार्थ हेर्ने भएकाले जनतालाई वास्तविक रूपमा अधिकारसम्पन्न बनाउन कांग्रेसको विकल्प नभएको उनको भनाइ थियो । ‘हिजो जनताका छोराछोरी पढ्ने विद्यालयमा बम पड्काउने कम्युनिस्ट नेताहरूले आज विदेशी भूमिमा आफ्ना छोराछोरीका दीक्षान्त समारोहका फोटा हाल्दै फेसबुक र ट्विटरका भित्ता भरिरहेका छन्,’ उनले भने, ‘जनयुद्धका नाममा निर्दोष जनतामाथि भएको यो चरम धोकाबाजीको पराकाष्ठा हो ।’