मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ असार २५ बुधबार १२:४५:००
Read Time : < 1 मिनेट
साहित्य

मदन पुरस्कारका लागि सात पुस्तक सिफारीस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ असार २५ बुधबार १२:४५:००

मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७५ को लागि सिफारीसमा परेका सातवटा पुस्तकहरूको नाम सार्वजनिक गरेको छ। गुठीलाई प्राप्त भएका दुई सय ५७ कृति मध्ये श्रेष्ठ सूची तयार गर्न गठित विज्ञ समितिबाट छानिएका सात पुस्तकको नाम सार्वजनिक गरिएको । यी मध्ये मध्ये एक पुस्तकले मदन पुरस्कार पाउने छ । 

सिफारीस भएकामा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्‍कल दोक्‍कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’  र ध्रुव सापकोटाको ‘विचारको लाश’ छन् ।