१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असार २५ बुधबार ०८:३७:००
Read Time : > 2 मिनेट
नयाँCity

पञ्चायत प्रचार गर्न बनाइएको थियो आमा : दुर्गाप्रसाद श्रेष्ठ

पहिलो फिल्म

Read Time : > 2 मिनेट
२०७६ असार २५ बुधबार ०८:३७:००

पहिलो फिल्म :

राजा महेन्द्रले तत्कालीन प्रचार विभागलाई पञ्चायतको प्रचार गर्न आदेश दिए । तर, प्रचारका लागि नयाँ साधन र प्रविधि अपनाउनुपर्ने आदेश थियो । प्रचार विभागका निर्देशक थिए, डा. नारायणप्रसाद बाँस्कोटा । उनी ‘प्रगति’ पत्रिकाका सम्पादक पनि थिए । त्यसकारण प्रचार–प्रसारबारे राम्रै जानकारी राख्थे । बाँस्कोटाले फिल्ममार्फत पञ्चायत प्रचारको योजना बनाए । राजाको संकेत पनि फिल्मतर्फ नै थियो । किनभने, उनी मुम्बई भ्रमणमा जाँदा प्रवासी नेपाली हिरासिंह खत्रीलाई भेटेका थिए । खत्रीसँग राजाले नेपालमा नै गएर काम गर्न प्रस्ताव राखेका थिए । खत्रीले उचित अवसर पाए नेपाल आउने जवाफ दिएका थिए ।

प्रचार विभागमा अधिकृत थिए, दुर्गाप्रसाद श्रेष्ठ । उनी कथाकार पनि थिए । कथाकार भएकैले जागिर दिइएको थियो । प्रचार विभागले फिल्म बनाउने भएपछि कथा लेख्ने जिम्मा उनैलाई आयो । तर, पञ्चायतको प्रचार हुने गरी लेख्नुपर्ने थियो । ‘पञ्चायतको सीधै प्रचार गर्दा जनतामा धेरै प्रभाव नहुने हुनाले राजाले यस्तो उपाय झिकेका थिए,’ उनी भन्छन् । राजाको इच्छाअनुसार उनले रमाइला प्रसंग र रोमान्टिक कहानी हालेर पञ्चायत प्रचारको कथा लेख्ने विचार गरे ।

उनी पञ्चायतको कथाका लागि घोत्लिन थाले । विकास गाउँबाट थाल्नुपर्ने थियो । उनलाई पञ्चायतको जग गाउँ हुनुपर्छ भन्ने लाग्यो । अनि गाउँकै कथा लेख्न थाले । कथा लेखन अफिसको काम भएकाले अफिसमै बसेर लेख्थे । तर, कथा पूरा गर्न नपाई सुटिङ सुरु भयो ।  सुटिङका लागि प्रचार विभागका तर्फबाट दुर्गाप्रसाद श्रेष्ठ नै खटिए । निर्देशक खत्रीले फिल्मको टिम बनाइसकेका थिए । उनको टिममा सबै सरकारी कलाकार मात्र थिए । अधिकांश संस्कृति विभागका कर्मचारी ।

नायक शिवशंकर, नायिका भुवन थापा संस्कृति विभागकै जागिरे थिए । वसुन्धरा भुषाल, विमलादेवी, हरिप्रसाद रिमाललगायत कलाकार पनि संस्कृति विभागकै जागिरे । भुवन थापाका बाबु भैरवबहादुर थापा नृत्य निर्देशक भए । उनी पनि संस्कृति विभागकै कर्मचारी थिए । जमिन्दारको भूमिकामा प्रचार विभागका चित्रकार उत्तम नेपाली थिए । गायिका तारादेवी संस्कृति विभागकी कलाकार भए पनि नारायणगोपाल भने सरकारी कर्मचारी थिएनन् । फिल्मका गीत यीनै दुईले गाएका थिए ।

निर्देशक हिरासिंह खत्रीले दुर्गाप्रसाद श्रेष्ठलाई सहनिर्देशक बनाए । दुर्गाप्रसादले फिल्मको कथा लेख्न सुरु गरिसकेका थिए । तर, कथा पूरा नहुँदै गीतको काम सुरु भयो । लक्ष्मण लोहनीले ‘पञ्च हो, यो देश बनाइदेऊ...’ गीत लेखे । वास्तवमा यो गीत नै फिल्मको मूल विषय थियो ।

निर्देशक हिरासिंह खत्रीले दुर्गाप्रसाद श्रेष्ठलाई सहनिर्देशक बनाएका थिए । दुर्गाप्रसादले फिल्मको कथा लेख्न सुरु गरिसकेका थिए । तर, कथा पूरा नहुँदै गीतको काम सुरु भयो । लक्ष्मण लोहनीले ‘पञ्च हो, यो देश बनाइदेऊ...’ गीत लेखे । वास्तवमा यो गीत नै फिल्मको मूल विषय थियो । राजा महेन्द्रले लेखेको गीत पनि फिल्ममा राखियो । जम्मा चारवटा गीत संकलन भयो ।  गीत रेकर्डिङ र सुटिङका लागि कलकत्ता जानुपर्ने भयो । निर्देशक खत्री गायक र कलाकारको टिमसहित कलकत्ता पुगे । गीत रेकर्डको काम सकिएपछि ‘इन्डोर’ छायांकन पनि उतै भयो । अनि मात्र फिल्म सुटिङ सुरु भयो ।

शिवशंकर लाहुरेको भूमिकामा छन् । उनको ‘अपोजिट’मा छिन्, भुवन थापा । फिल्ममा यी दुईको रोमान्टिक प्रेमकथा छ । सीधै पञ्चायत प्रचारजस्तो नहोस् भनेर यस्तो चलाखी गरिएको सहनिर्देशक दुर्गाप्रसाद श्रेष्ठ बताउँछन् ।गाउँको दृश्यको सुटिङ नुवाकोटको ककनीमा हुने भयो । ककनीमा सेनाको ब्यारेक थियो । सडक पनि पुगेको थियो । तर, अहिलेजस्तो बस चल्दैनथ्यो । सेनासँग ट्रक थियो । फिल्म युनिटले सेनाकै ट्रक प्रयोग गथ्र्यो । त्यति मात्र होइन, उनीहरू सेनाकै ब्यारेकमा बस्थे । सेनाकै मेसमा खान्थे । सुटिङ युनिटलाई सघाउन सेनालाई ‘माथि’बाटै आदेश थियो ।

फिल्म युनिट १५ दिन ककनी बसेर सुटिङ गरेको थियो । तर, सुटिङ थाल्दा कथा तयार थिएन । निर्देशक हिरासिंह खत्री र दुर्गाप्रसाद श्रेष्ठ बसेर अगाडिको कथाबारे छलफल गर्थे । त्यहीअनुसार रातभरि लगाएर दुर्गाप्रसाद श्रेष्ठ संवाद लेख्थे । भोलिपल्ट सुटिङ हुन्थ्यो ।कलकत्ता र ककनीमा गरी दुई महिना सुटिङ भयो । फिल्मको ‘पोस्ट प्रोडक्सन’को काम गर्न मुम्बई पठाइयो । सुटिङ ०२० सालमा सकिएको थियो । तर, नेपालकै पहिलो फिल्म ‘आमा’को प्रदर्शन भने ०२२ सालमा मात्र भयो ।  त्यतिवेला काठमाडौंमा रञ्जना, जय नेपाल, अशोकलगायत सीमित हल थिए । काठमाडौंबाहिर विराटनगर, वीरगन्जलगायत केही सहरमा मात्र हल थिए । ती हलमा हिन्दी फिल्म देखाइन्थ्यो । पहिलोपटक नेपाली फिल्म लगाउँदा हलमा ठूलै भीड लाग्ने गरेको दुर्गाप्रसाद सम्झन्छन् । त्यसो त राजाकै पहलमा फिल्म भारतको दार्जिलिङ, सिक्किम, देहरादुन, आसामलगायत ठाउँमा पनि प्रदर्शन भएको थियो ।