१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २४ मंगलबार १३:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

उत्पादनहरु आदानप्रदान हुन्छन भने पत्र आदानप्रदान हुनु ठूलो कुरा होइन : संचारमन्त्री बास्कोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २४ मंगलबार १३:११:००

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दुतावासले सरकारलाई पत्र पठाएको स्वीकारेका छन् । 

मन्त्री बास्कोटाले ‘दुई देशका सरकारबीच पत्रहरु आउने, जाने गरेको उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नहुने बताए । मंगलबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकमा उनले सीमा जोडिएका दुई मुलुकबीच आ–आफ्नो इन्ट्रेष्टका विषय हुने भएकाले त्यस्ता विषयमा हुने पत्रको आदानप्रदान प्रक्रिया स्वभाविकै रहेको प्रतिक्रिया दिए । ‘सरकारका बीचमा पत्रहरु आउने, जाने गर्छन, त्यसमा आ–आफ्नो इन्ट्रेष्टका विषयहरु पनि हुन सक्छन ।,’ उनले भने, ‘त्यसलाई अन्यथा लिनु हुँदैन । जव दुई देशका सीमा जोडिएका छन, जव उत्पादनहरु आदानप्रदान हुन्छन भने त्यसमा त्यस्ता पत्र आदानप्रदान हुनु ठूलो कुरा होइन ।’

मन्त्री बास्कोटाले आयातित तरकारी तथा फलफूलमा हुने विषादी परीक्षणका लागि सरकार आवश्यक व्यवस्थापन गर्न गम्भीर रहेको बताए । उनले नागरिकको अधिकारसँग जोडिएको विषयमा सरकार गम्भीर रहेको र उक्त समस्या समाधान हुने गरी आफ्ना उत्पादनलाई वृद्धि गर्न सरकार लागि परेको बताए ।