१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २४ मंगलबार ११:२०:००
Read Time : > 1 मिनेट
साहित्य

हिन्दी र अंग्रेजीबाट सारेर साहित्यकार भए : पुस्कर लोहनी

यौन साहित्य संवाद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २४ मंगलबार ११:२०:००

नेपालमा यौन साहित्यको इतिहास कस्तो थियो ? 
यौन साहित्यबारे बिपीले पहिला लेखे भन्ने पनि छन् । तर, त्योभन्दा पहिला भवानी भिक्षुले ‘त्यो फेरि फर्केला’ कथा लेखिसकेका थिए । त्यसपछि बिपीले कर्नेलको घोडा लेखे । बिपीले चेखबबाट चोरेको कथा थियो, त्यो । मेरो दिमाग नै कसले कोबाट के चो-यो भन्नेतिरै जाने भएकाले यो कुरा थाहा पाएँ । पारिजातकै शिरीषको फूलमा पनि महिलालाई तलै पारिएको छ । यदि उसको अस्तित्व थियो भने सुयोगवीरले म्वाइँ खानेबित्तिकै किन ऊ खत्तम भई त ? मैले पारिजातलाई पनि यो प्रश्न गरेकै हुँ । उनी निरुत्तर रहिन् । 

अझै पनि महिला किन यौनबारे खुलेर लेख्न सक्तैनन् ?
यसका दुईवटा कारण छन् । एउटा अध्ययनको कमीले बौद्धिक हाइट कम छ । दोस्रो जब बौद्धिक चिज नै नभईकन गहकिलो चिज आउन सक्दैन । महिलामा संकीर्णता छ । सामाजिक परिवेशको प्रभाव पनि छ । 

तपाईं यौन साहित्यबाटै चिनिनुभयो । जोखिम कत्तिको थियो ?
मलाई जोखिम नै जोखिम थियो । मेरो लेखनी जीवन त संघर्षमय भयो । कति मान्छेले मलाई सिध्याउन खोजे । जेल हाल्न खोजे । तर, मेरो पनि एउटा बौद्धिक सर्कल थियो । यो स्वतन्त्रता मेरो बुबाले मलाई दिनुभएको हो । यता मलाई त्यसको उपयोग गर्नु थियो । उता छोरी र श्रीमतीलाई बाहिर निस्कनै धौ–धौे थियो । मलाई विवाह गर्न पनि गाह्रो भएको थियो । म विवाह नै छोड्न राजी थिएँ, तर यौनबारे लेख्न छोडिनँ । 

खास यसबारे रुचि कसरी जाग्यो ?
एक त मेरो बुबाले नै मलाई केही नयाँ गर भन्नुभयो । अर्को म राणा दरबारको नजिक भएका कारण पनि यौन भन्ने विषय केही होइन भन्ने लाग्यो । त्यहाँ यसको क्रय–विक्रय हुन्थ्यो । अहिले पनि जो मान्छे व्यापारमा लागेका छन्, उनीहरूको हेर्ने आँखा नै व्यापारी अर्थात् पैसा हो । यिनै कारणले मलाई त्यतातिर खिच्यो । 

यौनबारे लेख्न त खोज्छन्, तर सबै हिन्दी र अंग्रेजी किताबबाट तान्छन् । सोध्न आए म यस्ता सबै लेखकको प्रमाण दिनेछु । 

नेपालमा यौनको विषयमा भद्दा लेखिन्छ भन्ने आरोप छ नि ?
हो, अहिले जो पनि ठाडै बुझिने गरी लेखिदिन्छन् । मेरोमा एउटै शब्द ठाडो छैन । सिम्बोलविना यौन साहित्य हुँदैन । त्यो चेतना नहुनेले लेखेका हुन् । 

यो उमेरमा आएर पनि यौन साहित्य नै लेखिरहनुभएको छ ?
लेखिरहेको छु । लेखिरहन्छु । मेरो रुचि यसमै छ । लेख्न छोड्ने भए त म उहिल्यै छोडिहाल्थेँ नि । म फ्रि एन्ड फ्र्यान्क मान्छे हो । त्यसैले मलाई छुच्चो भन्छन् । म यही रूपमा रहन चाहन्छु ।

यौन साहित्य लेख्नेलाई केही सुझाब छ ?
यौनबारे लेख्न त खोज्छन्, तर सबै हिन्दी र अंग्रेजी किताबबाट तान्छन् । सोध्न आए म यस्ता सबै लेखकको प्रमाण दिनेछु । उनीहरूलाई केही भन्नु छैन ।