१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
हेमन्त केसी
२०७५ पौष १८ बुधबार १०:५६:००
Read Time : > 1 मिनेट
प्रदेश

टेन्डर नै नगरी खरिद गरिएको बीउ रुकुममा अलपत्र

Read Time : > 1 मिनेट
हेमन्त केसी
२०७५ पौष १८ बुधबार १०:५६:००

गत वर्ष असिनाका कारण गहुँबालीको बीउ नष्ट भएपछि बारेकोट गाउँपालिकाले खरिद गरेको बीउ रुकुममा अलपत्र परेको छ । १८ लाख रुपैयाँमा खरिद भएको बीउ रुकुमको चिसापानीस्थित एक होटेलमा थन्किएको छ । गहुँ लगाउने मौसम बितेपछि गहुँको बीउको अब काम नभएको स्थानीय तीर्थराज बोहराले बताए । गाउँपालिकाले समयमै बीउ खरिद गरेर ल्याउनुपर्ने भए पनि बाटोमै अलपत्र पर्दा किसानहरू आफ्नो खेतबारी बाँझै राख्न बाध्य भएका छन् । 

 २४० क्विन्टल गहुँको बीउ खरिद 
गाउँपालिकाले २४० क्विन्टल गहुँको बीउ खरिद गरेको थियो । गाउँपालिकाले खरिद गरेको बीउ बाटोमै अलपत्र पारेर बजेट मात्र सक्ने काम भएको बोहराले बताए । गहुँको बीउ अभाव भएपछि बारेकोटका केही किसानले दुई दिन हिँडेर छिमेकी गाउँपालिका र रुकुमबाट गहुँको बीउ खरिद गरेर ल्याएका थिए । बारेकोटका अधिकांश किसान मुख्य बालीका रूपमा गहुँबाली लगाउने गर्छन् । गत वर्षको असिनापानीका कारण गहुँबाली नष्ट हुँदा बीउ नै राख्न सकेका थिएनन् । 

स्थानीय सरकारले जनतालाई गहुँको बीउ उपल्ध गराउँछु भनेर ठगेको किसानहरूको गुनासो छ । जिल्लाको अत्यन्तै दुर्गम क्षेत्रमा पर्ने यो गाउँपालिका हिमाली भूभागमा पर्दछ । ‘बीउ ढुवानी गर्न खच्चड नपाउँदा तोकिएको समयमा बीउ ल्याउन सकेनौँ, २४० क्विन्टलमध्ये १०८ क्विन्टल बीउ लिएर किसानलाई उपलव्ध गराएका छौँ, बाँकी १३२ क्विन्टल रुकुमको चिसापानीमा छ,’ बारेकोट गाउँपालिका कृषि शाखा निमित्त प्रमुख रगबहादुर बपालले भने ।

प्रशासनले हेलिकोप्टरको अनुमति नदिँदा बीउ रोकियो 
महेन्द्रबहादुर शाह, अध्यक्ष, बारेकोट गाउँपालिका अध्यक्ष 

गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले भने अप्ठेरो बाटो, खच्चडको समस्या र प्रशासनले हेलिकप्टर लिन अनुमति नदिँदा बीउ रोकिएको बताए । टेन्डर खोलेर बीउ खरिद गर्नुपर्ने भए पनि बारेकोट गाउँपालिकाले मापदण्ड मिचेर टेन्डर नगरी आफूखुसी बीउ खरिद गरेको हो । १० लाखभन्दा माथिको रकममा टेन्डर गर्नुपर्ने भए पनि टेन्डर नै नगरी कर्मचारीले आफै बीउ खरिद गरेको खुलेको छ ।