मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका युएई
२०७६ असार २४ मंगलबार १०:५२:००
Read Time : < 1 मिनेट
प्रवास

नेपालीले जिते कार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका युएई
२०७६ असार २४ मंगलबार १०:५२:००

युएईमा रहेको अल अहलिया एक्सचेन्जबाट पैसा पठाउँदा एकजना नेपालीले निसान सन्नी कार उपहार जितेका छन् । जुलाई ८ मा अलकुज मलमा रहेको शाखामा मेघा प्राइज १ किलो सुन र ४ वटा कारको लागि गोलाप्रथा हुँदा जोरपाटी काठमाडौंका नवीन पाण्डेलाई एउटा निसान सन्नी कार उपहार परेको अल अहलिया एक्सचेन्चका बेनी ढकालले नयाँ पत्रिकालाई बताए ।

अहिले पाण्डे घरबिदामा नेपाल रहेको र उनी युएई आएपछि उक्त उपहार प्रदान गरिने पनि ढकालले बताए । अल अहलिया एक्सचेन्जले समर प्रोमोसन–२०१९ अन्तर्गत १ किलो सुन र १० वटा निसान सन्नी कार जित्ने अफरसहित मे ५ तारिखदेखि जुलाई ३ तारिखसम्म अल अहलिया एक्सचेन्जका शाखाबाट पैसा पठाउने ग्राहकलाई उक्त अफरमा सहभागी गराएको थियो । हालसम्म अफरअन्तर्गतका अन्य उपहार भारतीय, पाकिस्तानी, बंगलादेशी, श्रीलंकन र फिलिपिनो नागरिकले पाएका थिए ।