Skip This
Skip This

पाँच लाखका पुस्तक बिक्री

२०७६ असार २१ शनिबार १०:३७:००

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनीमा करिब पाँच लाखबराबरका पुस्तक बिक्री गएका छन् । ६२औँ वार्षिकोत्सवका अवसरमा ८ असारदेखि आयोजना भएको पुस्तक प्रदर्शनीमा उक्त पुस्तक बिक्री भएको प्रतिष्ठानले जनाएको छ ।

२२ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा प्रतिष्ठानले विभिन्न समयमा प्रकाशित गरेका कृति तथा पत्रपत्रिका गरी करिब चार सय  कृति बिक्रीमा राखेको छ । प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।