१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७५ मङ्सिर २७ बिहीबार ०९:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

काठमाडौं-निजगढ द्रूतमार्गको डिपीआर माघ दोस्रो साता : रक्षामन्त्री पोखरेल

Read Time : < 1 मिनेट
२०७५ मङ्सिर २७ बिहीबार ०९:४५:००

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) माघ दोस्रो साता तयार हुने बताए ।

उपप्रधानमन्त्री पोखरेलले सो द्रूतमार्ग निर्माणको डिपिआर ग्लोबल टेन्डर आह्वान गरी कोरियाली कम्पनीलाई निर्माण गर्न दिइएको स्पष्ट पारे । विहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकका बोल्दै उनले एशीयाली विकास बैंकको फिजिबिलिटी स्टडी र नेपाल सरकारले स्विकृत गरेको कार्यविधिको आधारमा सो द्रूतमार्ग निर्माणको काम सुरु गरिएको बताए ।

डिपीआर तयार नभई सो द्रूतमार्ग निर्माण गरिएको भन्दै खोकना र बुङमतीका स्थानीयले विरोध गरिरहेका छन् । तर उपप्रधानमन्त्री पोखरेलले कानुनसम्मत ढंगले सरकारले सो द्रूतमार्ग निर्माणको काम सुरु गरिएको दावी गरे । उनले सो द्र्र्रूतमार्ग निर्माण कार्य सुरु गर्न २०७४ साल बैशाख २१ गते बसेको मन्त्रिपरिषद बैठकले परामर्श दाता खरिद गर्न पनि नेपाली सेनालाई स्वकृति दिएको स्मरण गराए । सो द्रूतमार्ग निर्माणका लागि सरकारले वातावरणीय प्रभाव मूल्यांकन पनि स्विकृत गरिसकेको उपप्रधानमन्त्री पोखरेलको भनाई छ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७४ साल वैशाख २१ गते सो दू्रतमार्ग बनाउने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । बैठकमा उपप्रधानमन्त्री पोखरेलले खोकनाका स्थानीयलाई कानुनसम्मत ढंगले जग्गाको मुआब्जा वितरण गरिएको दावी गर्दै अन्याय भए सम्बन्धित पक्षसँग छलफल गर्न सकिने पनि स्पष्ट पारे ।