१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २० शुक्रबार १५:४९:००
Read Time : < 1 मिनेट
समाचार

शान्ति प्रक्रिया भाँड्न केही मानिसलाई युरोप घुमाइएको छ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २० शुक्रबार १५:४९:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियाबादीहरुले विभिन्न षडयन्त्र गरिरहेको बताएका छन् ।

अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई भाँड्ने प्रयास घातक भएको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गरेर अघि बढ्नुपर्ने आवश्यक्ता पनि औंल्याए । शुक्रबार समाजवादी पार्टी, नेपाल छाडेर नेकपा प्रवेश गरेका नेता, कार्यकर्तालाई स्वागत गर्दै उनले नेपालको शान्ति प्रक्रिया संसारकै सफल मध्ये एक भएको बताए । शान्ति प्रक्रिया भाँड्न केही मानिसहरुलाई युरोपलगायतका विभिन्न मुलुक घुमाउने काम भइरहेको उनले दाबी गरे । 

अध्यक्ष दाहालले बाबुराम भट्टराई, मोहन बैद्य, चित्रबहादुर केसीलगायतका नेताहरुलाई आफ्नो पार्टीमा समाहित हुन आह्वान गरे । मोहन विक्रम सिंह, मोहन बैद्यलगायतका पूराना नेताहरुको बुद्धि मुलुकको हितका लागि, कम्युनिस्ट एकताका लागि लगाउन आफ्नो पार्टीमा समाहित भएर जानैपर्ने अध्यक्ष दाहालको भनाई छ ।

दाहालले बाबुराम भट्टराईको बौद्धिकताको सदुपयोग आफ्नो पार्टीमा आएपछि मात्रै हुने दाबी गरे । बैद्यलगायतका पूराना नेताहरु आफ्नो पार्टीमा आए उचित सम्मान दिने पनि अध्यक्ष दाहालले बताए ।