१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ असार २० शुक्रबार १४:४५:००
Read Time : < 1 मिनेट
समाचार

एमबिबिएस अध्ययनरत विद्याार्थीले छुरा हान्दा तीन घाइते

Read Time : < 1 मिनेट
२०७६ असार २० शुक्रबार १४:४५:००

वीरगन्जको नेशनल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीबीच शुक्रबार विवादमा छुरा प्रहार हुँदा तीन जना घाइते भएका छन् ।

एमबीबिएस अध्ययनरत सर्लाहीका रन्जितप्रसाद रौनीयार र रौतहटका अरविन्द सहनीबीच विवादका क्रममा छुरा हानाहान भएको हो । अरविन्दले छुरा हान्दा रन्जित, उनकी आमा मीनादेवी र बहिनी चाँदनी घाइते भएका छन् । वीरगन्जको भिस्वस्थित एउटै घरमा डेरा लिएर बसेका उनीहरुबीच विवाद हुँदा अरविन्दले छुरा हानेको प्रहरीले जनाएको छ । 

प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले छुरा प्रहारबाट घाइते मिना र चाँदनीको अवस्था सामान्य रहेको बताए । गम्भीर घाइते रन्जितको नेशनल मेडिकल कलेजमै उपचार भइरहेको छ । छुरा प्रहार गर्ने अरविन्द भने फरार छन् । उनको खोजी भइरहेको शर्माले बताए ।