१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १८ बुधबार ०७:१६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

बहुउपयोगी यार्सागुम्बा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १८ बुधबार ०७:१६:००

आयुर्वेदिक जडीबुटीभित्र पर्ने यार्सागुम्बा औषधीय गुण भएको वनस्पति हो । सामुद्रिक सतहभन्दा ३८ सय मिटरको उचाइमा पाइने यार्सागुम्बा नेपालसँगै भारत र तिब्बतका हिमाली भागमा पाइन्छ । नेपालबाट बर्सेनि विदेशमा यसको निर्यात गरिन्छ । 

के हो  यार्सा कफी ?
यार्सा महँगो जडीबुटी हो । औषधिबाहेक अन्यत्र यसको उपयोग नेपालमा खासै गरिँदैन । तर, आजकल काठमाडौं मलस्थित यार्चा जाभा क्याफेमा जडीबुटीद्वारा निर्मित यार्सासहितको कफी पाइन्छ । यो संसारकै पहिलो यार्सा कफीसप पनि हो । जहाँ गएर यार्सा कफी खान सकिन्छ । फुड एन्ड सेफ्टी सेन्टर, अमेरिकाबाट गुणस्तर प्रमाणित भइसकेपछि मात्र यो नेपालमा सञ्चालनमा आएको हो । 

 बनाउने विधि
डोल्पा र बझाङमा पाइने सिनसेप प्रजातिको यार्सागुम्बा अरेबिका प्रजातिको कफीमा राखिन्छ । सामान्यतया ३ ग्राम यार्सा र ७ ग्राम कफी मेसिनमा राखेपछि यार्सा कफी तयार हुन्छ । यो कफीको मूल्य तीन सयदेखि १३ सयसम्मको हुन्छ । कुनैमा यार्सा सिंगै र कुनैमा चूर्ण मात्र राखिने हुँदा मूल्य फरक परेको हो । 
 फाइदा
-गर्भवती महिलाका लागि यार्सा कफी बढी फाइदाजनक छ । यसको सेवनले पेटभित्रको बच्चालाई आवश्यक पोषण तत्व प्राप्त हुन्छ । 
-क्यान्सर, ट्युमर, मिर्गौलाका बिरामीले यार्सा कफी नियमित सेवन गरेमा फाइदा गर्छ । 
-मस्तिष्कसम्बन्धी एन्जाइटी, अल्जाइमर, डिप्रेसनजस्ता समस्या कम गर्छ । साथै, नपुंसकता हुनबाट बचाउनुका साथै यौनशक्तिसमेत बढाउँछ । रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो बनाउन मद्दत गर्छ ।