मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असार १९ बिहीबार १०:५०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

बसाइ नमिल्दा ढाड दुखाइ

Read Time : > 1 मिनेट
२०७६ असार १९ बिहीबार १०:५०:००

मेरुदण्डको हड्डी, मेरुदण्ड अर्थात् मुख्य नसा, स्पाइनल नर्भ, डिस्क, लिगामेन्ट र मांसपेशीजस्ता हड्डीले ढाड बनेको हुन्छ । मेरुदण्डको कुनै पनि भागमा हुने दुखाइलाई ढाड दुख्नु भनिन्छ । ढाड दुख्नु साझा समस्या हो । प्रत्येक मानिसको जीवनमा एक न एकपटक ढाड दुख्ने हुन्छ । मेरुदण्डका जुनसुकै भागमा दुखाइ हुन सक्छ । तर, मुख्यतया मेरुदण्डको तल्लो भागमा यो समस्या बढी देखिन्छ । ढाड दुख्ने समस्यालाई मुख्यतया दुई किसिममा विभाजन गरिएको छ । मेकानिकल ब्याकपेन र पोस्चुगल ब्याकपेन । 

कारण

  •  चोटपटकबाट मेरुदण्ड भाँचिनु, चिरिनु, नसा च्यापिनु तथा जन्मजातै जोर्नीमा समस्या हुनु आदि कारणले ढाड दुख्छ । चोटपटक लाग्दा र बसाई नमिल्नुजस्ता कारण हड्डीको बीचमा रहेको डिस्क बाहिर आउँछ । यसले गर्दा पछाडिको भागमा गएर नसा च्यापिन्छ ।
  •  मेरुदण्डमा हुने विभिन्न संक्रमणका कारणसमेत दुखाइ हुने गर्छ । उक्त संक्रमण ब्याक्टेरियल र टिबी आदिका कारण हुन्छ । जसले बिस्तारै हड्डीभित्र रहेको डिस्कलाई खाँदा दुखाइ हुन्छ ।
  •  ढाड दुखाइको अन्य प्रमुख कारण ट्युमर र क्यान्सर हो । शरीरको विभिन्न भागमा भएको क्यान्सर मेरुदण्डमा गएर बस्छ । त्यस्तै, कतिपय अवस्थामा मेरुदण्डमै ट्युमर हुन सक्छ, जसलाई मायलोमा भनिन्छ । 

ढाड दुखाइ सामान्य भए औषधिको सेवनबाटै निको हुन्छ । त्यस्तै, फिजियोथेरापी गरेरसमेत यो समस्याबाट राहत पाउन सकिन्छ । 

लक्षण

  •  ढाड दुखाइको कारण पत्ता लगाउन सामान्य चेकजाँच गर्न सकिन्छ । एक्सरेको माध्यमबाट कारण पत्ता लाग्छ । त्यस्तै, कतिपयमा डिस्कको अवस्था थाहा पाउन सिटीस्क्यान र एमआरआई गर्न सकिन्छ । 
  •  कतिपय अवस्थामा रगतमा क्याल्सियम र पोटासियमको कमी हुँदासमेत दुखाइ हुने हुँदा रगत परीक्षण गर्नुपर्ने हुन्छ । 

उपाय 

  •  ढाड दुख्ने समस्याको कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ । सामान्य दुखाइ भएमा औषधिको सेवनबाटै निको हुन्छ । त्यस्तै, फिजियोथेरापी गरेरसमेत ढाड दुख्ने समस्याबाट राहत पाउन सकिन्छ । संक्रमण, ट्युमर र क्यान्सरको उपचार केही हदसम्म शल्यक्रियाबाट निको हुन्छ । तर, मेरुदण्डमा देखिने सबै ट्युमर र क्यान्सरको पूर्ण उपचार सम्भव छैन ।