सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २७ शनिबार
  • Saturday, 11 July, 2020
रामचन्द्र न्यौपाने डोल्पा
२०७६ असार १८ बुधबार १०:१९:००
प्रदेश

केन्द्रको विषयमा विवाद भए पनि ठूलीभेरीको नगरसभा सहमतिमै हुने

जुफालमा उद्घाटन, दुनैमा समापन

रामचन्द्र न्यौपाने डोल्पा
२०७६ असार १८ बुधबार १०:१९:००
?>

केन्द्र विवादका कारण अन्योलमा परेको ठूलीभेरी नगरपालिकाको तेस्रो नगरसभा सहमतिमै हुने भएको छ । सोमबार जिल्ला समन्वय समितिका निमित्त प्रमुख नरबहादुर बुढाको रोहबरमा नगरप्रमुख गणेशबहादुर शाही र उप–प्रमुख योगेन्द्रबहादुर शाहीबीच भएको छलफलबाट तेस्रो नगरसभा आपसी सहमतिमा गर्ने निर्णय भएको हो ।

‘जनताको भाग्यरेखा कोर्ने तथा विकासको खाका तयार पार्ने नगरसभा सहमतिमै गर्ने निर्णय गरेका छौँ,’ नगरप्रमुख गणेशबहादुर शाहीले भने, ‘एक साताभित्रै ठूलीभेरी नगरपालिकाले आफ्नो नीति, कार्यक्रम तथा बजेट ल्याउनेछ ।’ केन्द्र विवादको द्वन्द्वमा विकास निर्माणलाई पार्न नहुने उनले बताए । ‘यसवर्षको नगरसभा शान्ति, विकास र समृद्धिको आधारका रूपमा भव्य तरिकाले सफल पार्न म नगरवासीलाई आग्रह गर्छु,’ शाहीले भने ।

उद्घाटन जुफालमा, समापन दुनैमा गर्ने सहमति
ठूलीभेरी नगरपालिकाको केन्द्र जुफाल कि दुनै भन्नेमा विवाद छ । प्रथम नगरसभापछि शतप्रतिशत उपस्थितिमा बैठक बस्न सकेको छैन । नगर कार्यपालिकाको बैठक हाल केन्द्र कायम भएको जुफाल र पहिले केन्द्र रहेको दुनैका बीचमा पर्ने वडा नम्बर १० मा बस्ने सहमति भएको नगर उप–प्रमुख योगेन्द्रबहादुर शाहीले जानकारी दिए । ‘११ वडाका ५२ जना जनप्रतिनिधिको मर्मअनुसार नै नगरसभाको उद्घाटन जुफालमा हुनेछ, समापन भने सदरमुकाम दुनैमा हुने सहमति भएको छ,’ उनले भने ।

यो सहमतिले वास्तविक जनताका आवाज सम्बोधन हुने र विवाद समाधानमा सहयोग पुग्ने उपप्रमुख शाहीले बताए । ठूलीभेरीको केन्द्र विवादको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ ।  गत वर्ष दोस्रो नगरसभा विवादै विवादका बीच सकिएको थियो । विवादका कारण नगरपालिकाका सम्पूर्ण कागजात अख्तियारले छानबिनका लागि लगेको छ । नगरप्रमुख शाहीलगायतका जनप्रतिनिधिले बहुमतको आधारमा दोस्रो नगरसभा सम्पन्न गरेको बताउँदै आएका छन् ।

सुरुमा नगरपालिकाको केन्द्र दुनै भए पनि पछि केन्द्र जुफाल सरेपछि नगरपालिकाका मेयर, उपमेयरलगायतका जनप्रतिनिधि दुईतिर विभाजित भएका थिए ।
प्रथम नगरसभाबाट दुनैमा कायम रहेको नगरपालिकाको केन्द्र झुक्याएर जुफाल सारेको दुनैतर्फका जनप्रतिनिधिको आरोप छ । सम्पूर्ण जनप्रतिनिधिको सहमति अनुसार नै केन्द्र जुफाल सारेको जुफालतर्फका जनप्रतिनिधिले दाबी गर्दै आएका छन् । लामो समयदेखि केन्द्र विवादको चपेटामा फसेको ठूलीभेरी नगरपालिकाको नगरसभा सहमतिमै हुने भएपछि नगरवासी खुसी भएका छन् ।