मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १८ बुधबार ०८:१९:००
Read Time : < 1 मिनेट
ब्लग

प्रदेश २ सरकारको ध्यान जाओस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १८ बुधबार ०८:१९:००

पाठकपत्र

१५ असारको नयाँ पत्रिकामा सहिद परिवारका नाममा प्रदेश नं. २ को सरकारद्वारा ‘भैंसी वितरण’ शीर्षक पढ्दा दुःख लाग्यो । सायद, यसले सहिद परिवारलाई पनि खुसी बनाएन होला । परापूर्व कालदेखि तराईमा सामन्त जमिनदारहरूले गरिब किसान, सुकुम्बासीमाथि अन्याय, अत्याचार गर्दै आइरहेका छन् । गरिबहरू डर, त्रासले कोहीसँग बोल्न नसक्ने र सहेर बाँच्न बाध्य छन् । 

आजको २१औँ शताब्दीमा पनि तराईको यस्तो समस्या जस्ताको तस्तै छ । प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवारका लागि भनेर किनेको भैंसी पूर्वमन्त्री तथा समाजवादी पार्टीका नेता राजलाल यादव र उनका छोरीज्वाइँ रमेशकुमार यादवले लगेको विषयले हामी नेपालीलाई लज्जाबोध गराएको छ । विगतमा मधेस आन्दोलनका क्रममा मधेसी दल र नेताहरूले कोही सहिद भएको अवस्थामा परिवारलाई ५० लाख दिने घोषणा गरेका थिए ।

त्यही आन्दोलनका बलमा चुनाव जितेर यादवको पार्टी केन्द्र र प्रदेश सरकारमा पुगेको छ । तर गरिब, किसान, मजदुर र सहिद परिवारमाथि अन्याय गरेर उनीहरूले नै सत्ताबाट फाइदा लुटिरहेका छन् । मधेस आन्दोलनका सहिदका नाममा खरिद गरिएका भैंसी सच्चा सहिदहरूले पाउने व्यवस्था गर्ने विषयमा प्रदेश २ सरकारको ध्यानाकर्षण होस् । 
 निरञ्जन मैनाली,कोल्हवी–२, निकास, बारा