मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १७ मंगलबार १५:५६:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश प्रहरीकाे व्यवस्थापन नेपाल प्रहरीले गर्न सरकारसँग सांसदहरूकाे माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १७ मंगलबार १५:५६:००

प्रतिनिधिसभाका सांसदहरुले प्रदेश प्रहरीलाई आवश्यक पर्ने प्रहरीको व्यवस्थापन नेपाल प्रहरीले गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन । 

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै समितिका सदस्य रामसहाय प्रसाद यादवले प्रदेश प्रहरीलाई आवश्यक पर्ने प्रहरीको व्यवस्थापन नेपाल प्रहरीले गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । उनले त्यसका लागि नेपाल प्रहरीमा पुल दरबन्दीको व्यवस्था गर्न उपयुक्त हुने प्रस्ताव अघि सारे । सांसद यादवले प्रदेश लोक सेवा आयोगको गठनसमेत नभएकाले पनि आवश्यक परेका बेला प्रदेश प्रहरीलाई नेपाल प्रहरीले आवश्यक कर्मचारीको व्यवस्था गर्नुपर्ने बताए । 

समितिका अर्का सदस्य राजकिशोर यादवले प्रदेश सरकारले नै प्रदेश मातहतका सबै निकायमा प्रहरी परिचालन गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । संविधानले प्रहरी चौकीको समेत कर्मचारी व्यवस्थापनको काम प्रदेश प्रहरीले गर्ने व्यवस्था गरेको उनको भनाई थियो ।

यादवले प्रहरी सेवामा रहेका दम्पत्तिलाई पायक पर्ने गरी सरुवाको व्यवस्था गर्नुपर्ने सरकारको प्रस्ताव उचित भएको बताए ।