१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असार १४ शनिबार ०८:०३:००
Read Time : < 1 मिनेट
सप्तरंग

नेपाली मौलिकपन झल्कने लोकगीत ‘लाग्यो असार’ बजारमा

Read Time : < 1 मिनेट
२०७६ असार १४ शनिबार ०८:०३:००

नेपाली मौलिकपन झल्कने लोकगीत ‘लाग्यो असार’ बजारमा आएको छ । लोप हुन लागेको असारे भाका र संस्कृतिलाई जर्गेना गर्ने उद्देश्यले लोक गीत ल्याउने प्रयास गरेको बताइएको छ । डिएआर मुभिजले भिडियो बजारमा ल्याएको हो ।

गीतमा नौजना लोक गायक, गायिको स्वर समेटिएको छ ।  पुरुषतर्फ  लोक गायक नवराज घोरासाईने, उद्धव कार्की, प्रभावन जे, शरण हुँमागाईं, विवेक चौलागाईं, जीवन बडूको स्वर  छ भने महिलातर्फ लोक गायिका पार्वती कार्की,  सपना कुँवर र मिङमा लामाको आवाज  छ । गीतको शब्द तथा संगीत संयोजन प्रभावन जेले गरेका हुन् ।