मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण १८ सोमबार
  • Monday, 02 August, 2021
मानदत्त रावल जुम्ला
२०७६ असार १३ शुक्रबार ११:२४:००
Read Time : < 1 मिनेट
प्रदेश

चुकेनी जलविद्युत् आयोजनाको शिलान्यास

Read Time : < 1 मिनेट
मानदत्त रावल जुम्ला
२०७६ असार १३ शुक्रबार ११:२४:००

पातारासी गाउँपालिका–१ गडीगाउँस्थित नौ सय ९८ किलोवाट चुकेनी जलविद्युत् आयोजनाको बिहीबार शिलान्यास गरिएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले आयोजनाको शिलान्यास गरेका हुन् । एक दशकअघिदेखि पहल सुरु गरिएको भए पनि अहिले आएर सफल भएको मन्त्री भण्डारीले बताए । यसको निर्माणमा प्रदेश सरकारले पनि सहयोग गर्ने उनको भनाइ थियो ।

उपभोक्ता समितिका अध्यक्ष गोर बुढाले चुकेनी जलविद्युत् आयोजना निर्माणमा ४६ करोड लाग्ने बताए । यसमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट २५ करोड ९९ लाख तीन हजार पाँच सय ४९ बजेट छुट्याएको छ । यो एसियाली विकास बैंकले सहयोग गरेको हो ।

विद्युत्गृहका लागि २६ करोड र ट्रान्समिसन लाइनका लागि १० करोड लाग्ने उनले बताए । केही प्रतिशत स्थानीय बासिन्दाले सहयोग गर्ने र बाँकी ऋण लिइने अध्यक्ष बुढाले बताए । यसमा दुई करोड पातारासी गाउँपालिकाको लगानी रहेको छ । यसबाट पातारासीका तीन हजार तीन सय २० र चन्दननाथ नगरपालिकाका चार हजार दुई सय ७१ घरधुरी लाभान्वित हुनेछन् ।