१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असार १२ बिहीबार १७:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

एसइइ नतिजा : सांसद शान्ता चौधरीको 'बी', छोरीकाे 'बी' प्लस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असार १२ बिहीबार १७:३२:००

सांसद शान्ता चौधरी र उनकी छोरी विनुले सँगै एसइइ दिएका थिए । बिहीबार सार्वजनिक नतिजामा आमालाई उछिन्दै छोरीले राम्रो नतिजा ल्याएकी छन् । सांसद चौधरीले बी ग्रेड ल्याइन भने उनकी छोरी विनुले बी प्लस ल्याइन् ।

सांसद चौधरीले आफ्नो भन्दा छोरीको नतिजा राम्रो आएको बताइन् । छोरीको बी प्लस नतिजा आयो,’ उनले भनिन, ‘मेरो भन्दा छोरीको नतिजा राम्रो भयो । म मेरो नतिजाबाट खुशी छु ।’

याे पनि : अभिनेत्री करिश्मा मानन्धरले ल्याइन एसइइ परीक्षामा ३ जीपीए