मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १२ बिहीबार ११:०७:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

ठूला खेलकुद प्रतियोगिता छुटाउँदिनँ : भवानी राणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १२ बिहीबार ११:०७:००

केही महिनाअघि भएको इन्डियन प्रिमियर लिग (आइपिएल) श्रीमान्सँगै बसेर हेरेँ । अहिले क्रिकेटको विश्वकप चलिरहेको छ । समय मिलेसम्म परिवारसँग बसेर हेर्छु । मलाई खेलकुदमा लगाव छ । तर, समयअभावले सधैँ हेर्न भ्याउँदिनँ । आइपिएलमा श्रीमान् र मैले मुम्बईको समर्थन गरेका थियौँ । विश्वकप फुटबलको फाइनलमा क्रोएसिया र फ्रान्स भिडेका थिए । मेरो समर्थन क्रोएसियालाई थियो । क्रोएसियाले राम्रो खेलेको थियो, तर जित्न सकेन । 

म आफैँ ब्याडमिन्टन खेल्छु । श्रीमान् र छोराहरूसँग ब्याडमिन्टनमा प्रतिस्पर्धा नै चल्छ । ब्याडमिन्टन नेपालगन्जमा पनि खुब खेलियो । स्कुल पढ्दा हक्की खेल्थेँ । भारतमा कलेज पढ्दा बास्केटबल खेलेँ । खेलकुदले तन्दुरुस्त रहन मद्दत गरेको छ ।