मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमडौं
२०७६ असार १० मंगलबार १९:३१:००
Read Time : < 1 मिनेट
समाचार

स्वतन्त्र तिब्बतको कार्यक्रममा सहभागी सांसद प्रदीप यादव समाजवादी पार्टीबाट निलम्वित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमडौं
२०७६ असार १० मंगलबार १९:३१:००

समादवादी पार्टी नेपालको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले सांसद प्रदीप यादवलाई ६ महिना पार्टीबाट निलम्वन गर्ने निर्णय गरेको छ । पार्टी नीति विपरित यादवले लाटभियको राजधानी रिगामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पारलियामेन्टेरिय अन फ्रि तिव्बत’को कार्यक्रममा भाग लिएको भन्दै कारबाही गरिएको हो । 

त्यस सम्बन्धमा उनलाई सोधिएको स्पष्टिकरणको चित्त बुझ्दो उत्तर नआएको भन्दै बैठकले निलम्बनको निर्णय गरेको उपमहासचिव प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतमा बसेको बैठकले पार्टीको प्रचार विभागमा प्रशान्त सिंह, अर्थ विभागमा विजयकुमार यादव, विज्ञ परिषदमा डा. पुष्पराज राजकर्णिकार र सल्लाहाकर समिति प्रमुखमा भीमप्रसाद गौतमलाई तोकेको छ ।