मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ८ आइतबार १६:११:००
Read Time : < 1 मिनेट
खेलकुद

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता समयमै हुन्छ : केशव विष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ८ आइतबार १६:११:००

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा नै हुने बताएका छन् ।
 
आइतबार रिपोर्टस क्बलको साक्षात्कारमा बोल्दै उनले आगामी १ डिसेम्बरदेखि १३ औँ दक्षिण एसियाली खेलकुल प्रतियोगिता सुरु हुने बताएका हुन् । डिसेम्बरमा पनि नेपालले प्रतियोगिता गर्न नसके आयोजनाको जिम्मेवारी नै गुमाउनुपर्ने र त्यसो भयो भने राष्ट्रघात हुने भन्दै भन्दै उनले सम्पुर्ण शक्ति प्रयोग गरी प्रतियोगिता सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

उनले प्रतियोगिताका लागि आवश्यक सबै भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेकाले भदौसम्ममा सम्पुर्ण संरचना निर्माणको काम सम्पन्न हुने दाबी गरे । विगतमा पटक पटक मिति सार्नुपरेको विषयलाई लिएर प्रतियोगिताप्रति नै शंका आशंका नगर्न पनि उनले आग्रह गरे ।

क्यानमा देखिएको विवाद लामो समयसम्म जारी रहेकोमा असन्तुष्ट व्यक्त गर्दै उनले समस्या समाधान नभए शक्तिशाली नेपाल क्रिकेट बोर्ड गठन गरी क्रिकेटको विकासलाई अघि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा विष्टले आफ्नो ४ वर्षे कार्याकालको प्रगति विवरण पनि प्रस्तुत गरे । परिषद्को सदस्यसचिवका रुपमा विष्टकोे चार वर्षे कार्यकाल सोमबार सकिँदै छ ।