१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ८ आइतबार ०९:४९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

हस्तकलाको व्यापार र घरजग्गा कारोबार गर्छु : निर्मल शर्मा 'गैँडा'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ८ आइतबार ०९:४९:००

मैले अभिनय मात्रै गरिनँ । चलचित्र निर्माण र निर्देशन पनि गरेँ । तर, चलचित्र निर्माण गर्नु पनि एउटा व्यवसाय हो । तर, त्यसमा पनि सफल भइनँ । पाँचवटा चलचित्र बनाएँ, सबै फ्लप भए । तैपनि मैले आफ्नो पुरानो व्यापार छोडेको छैन । त्यो हो, नेपाली हस्तकलाको व्यापार । 

अहिले पनि नेपालमा कलाकारिता मात्रै गरेर जीवननिर्वाह गर्न गाह्रै छ । फेरि राजधानीमा एउटै मात्र काम गरेर जीविका हुन्न । त्यसैले म आफ्नै व्यवसाय पनि गर्छु । नेपाली मौलिक हस्तकला निर्माण गर्छौं हामी । त्यसलाई स्वेदशसँगै विदेशसमेत निर्यात गर्दै आइरहेका छौँ । फेरि म कलाकारले अन्य कामै गर्नुहुन्न भन्ने मान्यतामा कत्ति छैन ।

आफूले जानेको काम गर्न लाज पनि मान्दिनँ । त्यसैले मेरो हस्तकला व्यापार राम्रै छ । मेरो परिवारले पनि सपोर्ट गरिराख्नुभएको छ । हस्तकलाको व्यापारसँगै घरजग्गाको कारोबार पनि गर्छु । सुटिङबाट बचेको समय आफ्नो व्यवसायलाई दिँदै आइरहेको छु ।