१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ८ आइतबार ०९:४४:००
Read Time : < 1 मिनेट
सप्तरंग

दिशा फेरि घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ८ आइतबार ०९:४४:००

फिल्मका कारण मात्र नभएर टाइगर श्राफसँगको प्रेम सम्बन्धका कारण पनि दिशा चर्चामा आइरहन्छिन्

बलिउड अभिनेत्री दिशा पटानीको फिल्म ‘भारत’ अहिले बक्स अफिसमा सफल भइरहेको छ । फिल्ममा उनको साथमा सुपरस्टार सलमान खान र क्याट्रिना कैफ छन् । तर, दिशाका फ्यानका लागि भने दुःखद खबर बाहिर आएको छ । 

दिशा अर्को नयाँ फिल्म मलंगको सुटिङमा थिइन् । सुटिङका क्रममा उनलाई चोट लागेको छ । फिल्मको एक गीतको सुटिङका वेला चोट लागेको हो । तर, प्राथमिक उपचारपछि उनले फेरि सुटिङ गरेको बताइएको छ । 

संयोग के छ भने दिशा फिल्म ‘भारत’को सुटिङका वेला पनि घाइते भएकी थिइन् । दिशाका अनुसार भारत फिल्ममा ‘स्लो मोसन’ गीतमा उनलाई चोट लागेको थियो । उनको घुँडामा समस्या आएको थियो । दिशा फिल्मको कारण मात्र नभएर टाइगर श्राफसँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा आइरहन्छिन् ।