१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ८ आइतबार ०९:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुल गार्हस्थ उत्पादन (जिडिपी) भनेको के हाे ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७६ असार ८ आइतबार ०९:०५:००

कुल गार्हस्थ उत्पादन (जिडिपी) भनेको यो एक प्रकारको मापदण्ड हो, जसले कुनै एक मुलुकको समग्र अर्थतन्त्रलाई प्रतिविम्बित गर्छ । जिडिपीले कुनै एक निश्चित अवधिमा मुलुकभित्र भएको वस्तु तथा सेवाको अन्तिम कारोबार मूल्यको योगफललाई जनाउँछ ।  जिडिपीमा सबै प्राइभेट तथा सार्वजनिक खपत, सरकारको खर्च, लगानी, मौज्दात सामग्री, निर्माणका क्रममा भएका खर्च, आयात–निर्यातमा भएको खर्च तथा आम्दानी सबै पर्छन् । 

जिडिपी साधारणतया वार्षिक रूपमा गणना गरिएको हुन्छ । नेपालमा भने वार्षिक रूपमै गणना गरिन्छ । तर, अमेरिकामा भने त्रैमासिक रूपमा गणना गर्ने गरिन्छ । धेरैजसो जिडिपी र जिएनपी (कुल राष्ट्रिय आय) एकै भन्ने ठान्छन् । तर, परिभाषामा यिनको खास भिन्नता छ । जिडिपीले एक मुलुकभित्र भएको सम्पूर्ण कारोबारलाई जनाउँछ भने जिएनपीले कुनै एक मुलुक विशेषका नागरिकले देशभित्र वा बाहिर उत्पादन गरेको अर्थतन्त्रलाई मात्र बुझाउँछ । यदि विदेशी नागरिक आएर यहाँ उत्पादन गर्छन् भने त्यो जिएनपीभित्र पर्दैन । तर, जिडीपीमा भने विदेशी नागरिकले पनि यहाँ उत्पादन कार्य गरिरहेको छ भने यो गणनाभित्र पर्छ । नेपालको जिडिपी हाल ३० खर्बको हाराहारीमा छ । प्रतिव्यक्ति आय १ हजार ३४ अमेरिकी डलर (औसत १ लाख २० हजार रुपैयाँ छ ।

 जिडिपीको सूत्र
व्यक्तिगत खपत (जोड), व्यावसायिक लगानी (जोड), सरकारी खर्च (जोड), निर्यात (न्यून) आयात । 

जिडिपी वृद्धि
यो भनेको अघिल्लो आर्थिक वर्षमा भएको कुल गार्हस्थ उत्पादन र यसपालिको  जिडिपी रकमबीचको अन्तर नै जिडिपी वृद्धि हो । 

प्रतिव्यक्ति जिडिपी
यो भनेको कुल गार्हस्थ उत्पादनलाई मुलुकको कुल जनसंख्याले भाग गर्दा जति आउँछ, त्यो नै प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन हो ।