१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असार ६ शुक्रबार ११:३०:००
Read Time : < 1 मिनेट
प्रदेश

प्रदेश सरकारले पेस गरेको आर्थिक वर्षको बजेट सन्तुलित : मुख्यमन्त्री पोखरेल

Read Time : < 1 मिनेट
२०७६ असार ६ शुक्रबार ११:३०:००

प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले पेस गरेको आर्थिक वर्ष ०७६/७७ को बजेट सन्तुलित रहेको दाबी गरेका छन् । विकासका दृष्टिकोणले बजेट सन्तुलित रहेको दाबी गर्दै सन्तुलित बजेटलाई असन्तुलित ढंगले प्रस्तुत नगर्न प्रदेश सभा सदस्यहरूलाई आग्रहसमेत गरेका छन् ।

प्रदेश सभाको बिहीबारको बैठकमा आर्थिक वर्ष ०७६/७७ को आय–व्ययको अनुमानमाथिको छलफलमा सहभागी प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले विपक्षीहरूलाई मनाउने प्रयास गरे ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री पोखरेलले खर्च गर्न सक्ने आधार बनाएर बजेट प्रस्तुत गरिएको भन्दै गत वर्षको तुलनामा आगामी वर्ष बजेट कार्यान्वयन राम्रो हुने विश्वास व्यक्त गरे । उनले पहुँच र प्रभावका आधारमा नभएर आवश्यकताका आधारमा योजना छनोट गरिएको दाबी गरे । सत्तापक्षका प्रदेश सभा सदस्यहरूले समग्रमा बजेट राम्रो रहेको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले विज्ञहरूसँग छलफल नगरी ल्याइएको बजेटमा पर्यटन क्षेत्रका बारेमा ध्यान नपुगेको बताइन् ।  सांसद वीरबहादुर रानाले पहुँच र प्रभावका आधारमा बजेट विनियोजन गरेको आरोप लगाउँदै व्यक्ति बलियो बनाउने नभएर जनता बलियो बनाउने खालको योजना ल्याउनुपर्ने बताए । कांग्रेसकै प्रदेश सभा सदस्य फखरुद्दिन खाँले बजेटले ‘समृद्ध नेकपा खुसी कार्यकर्ता’जस्तो भएको आरोप लगाए ।