१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १६ सोमबार १८:५६:००
Read Time : < 1 मिनेट
सप्तरंग

प्रधानमन्त्रीले गराए ललितकला र संगीत प्रतिष्ठानका कुलपतिहरुलाई सपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १६ सोमबार १८:५६:००

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्यसचिव तथा परिषद् सदस्यहरुको सपथ गराएका छन् ।


सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कान्छा कुमार कर्माचार्यलाई सपथ गराएका हुन् । 


सरकारले सोमबार नै कुलपतिसहित नाट्यतर्फ उपकुलपतिमा हरिहर शर्मा, सदस्य सचिवमा श्यामप्रकाश तमोट तथा प्राज्ञ परिषद् सदस्यमा हरिदेवी कोइराला, नमूना शर्मा, धीरेन्द्र पे्रमर्षि, अशोककुमार राई, निशा पोखरेल र मेघराज नेपाल (मञ्जुल) नियुक्त गरेको छ । त्यसैगरी ललितकलातर्फ उपकुलपतिमा गोपाल चित्रकार र सदस्य सचिवमा विपीनकुमार घिमिरे तथा प्राज्ञ परिषद् सदस्यमा रमेशनाथ खनाल, मिथिला देवी, सुष्मा राजभण्डारी, लालकाजी लामा, बुद्धिबहादुर गुरुङ र धर्मराज शाक्यलाई नियुक्त गरिएको छ । 


ओलीले आ–आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई नियुक्त गरिएकोले ति संस्थाहरु थप सृजनशिल हुनुपर्नेमा जोड दिए । उनले नवनियक्त कुलपतिहरुले समयका पदचापलाई बुझ्ने र त्यसै अनुसार काम गर्ने अपेक्षा गरिएको बताए । 
नेपालीहरुको गौरवमय इतिहासलाई कायम राख्दै अघिल्लो पुस्ताका कलाकर्मीहरुले देखाएको बाटोलाई फराकिलो बनाउने काम यि संस्थाहरुले गर्नुपर्ने उनले बताए । उनीहरुको कार्यकाल चार वर्षको हुनेछ ।