मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार ५ बिहीबार १३:२०:००
Read Time : < 1 मिनेट
समाचार

लागूऔषध दुरुपयोग विरुद्ध सप्ताहव्यापी अभियान सुरु

Read Time : < 1 मिनेट
२०७६ असार ५ बिहीबार १३:२०:००

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा इलाममा लागूऔषध विरुद्ध सप्ताहव्यापी अभियान सुरु भएको छ । गृहमन्त्रालयको निर्देशनमा देशैभर अभियान सुरु भएको छ । 

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले अभियान उद्घाटन गरेका छन् । इलामको ठूलो टुँडिखेलबाट लागूऔषध विरुद्ध प्ले कार्डसहितको ¥याली पछि चोक बजार कार्यक्रम गरिएको छ । अभियान अन्तर्गत जिल्लाभरका विद्यालयमा लागूऔषध विरुद्धको सचेतना कार्यक्रम गरिने प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेले जानकारी दिए । ३१ प्रतिशत लागूऔषध प्रयोगकर्ता उच्च मावि. (प्लस टु)का विद्यार्थी रहने पाइएको छ । 

अभियानमा चेतना मुलक गीत र डकुमेन्ट्री प्रदर्शन गर्ने, गाँजा फडानी गर्ने, भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा लागूऔषध ओसारपसारमा कडाई गर्ने लगायतका कार्यक्रमहरु तय गरिएको छ । इलाममा लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दो छ । एक महिना अघि प्रहरीले ११ जना लागूऔषध प्रयोगकर्तालाई पक्राउ गरेको थियो । ती मध्ये धेरैजसो विद्यार्थी थिए । 

लागूऔषध बढी कारोबार हुने झापा र भारतसँग सीमा जोडिएकाले इलाम लागूऔषधको जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिना बताउँछन् । लागूऔषध दुरुपयोग मानव सभ्यताकै चुनौतीको रुपमा बढीरहेको इलाम नगरपालिका प्रमुख महेश बस्नेतले बताए ।