मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विदुर पौडेल  सिन्धुली
२०७६ असार ५ बिहीबार १२:५०:००
Read Time : > 1 मिनेट
समाचार

लागुऔषध सेवन गर्नेको संख्यामा दोब्बर बृद्धि

१५–१९ वर्ष उमेर समुहका युवा बढी लागुऔषध सेवनकर्ता 

Read Time : > 1 मिनेट
विदुर पौडेल  सिन्धुली
२०७६ असार ५ बिहीबार १२:५०:००

सिन्धुलीमा लागुऔषध सेवन गर्नेको संख्यामा दोब्बरले बृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार तीन वर्षको अवधीमा जिल्लामा लागुऔषध सेवन कर्ताको संख्यामा उल्लेख्य बृद्धि भएको पाइएको छ । 

प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा प्रहरीले लागुऔषध असोपारपसार तथा सेवन गरेको आरोपमा १० जनालाई पक्राउ गरेको थियो । साथै, लागुऔषधको विभिन्न अभियोगमा ५ वटा मुद्दा चलाएको थियो ।  त्यस्तै आर्थिक वर्ष २०७४÷०७५ मा १६ जना पक्राउ परे, जसमा प्रहरीले लागुऔषध ओसारपसार तथा सेवनको अभियोगमा १२ वटा मुद्दा चलाएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्र्तराष्ट्रिय दिवसका अवसरमा आयोजना गरेको सप्ताह व्यापी कार्यक्रममा प्रस्तुत गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा लागुऔषध ओसार पसार तथा सेवन गरेको अभियोगमा पक्राउ पर्नेको संख्या बढ्ेर २६ पुगेको छ । साथै प्रहरीले १४ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । 

चालु र्आिर्थक वर्षमा लागुऔषध सेवन गरेको अभियोगमा प्रहरीले अन्य एक सय ३० जनालाई पक्राउ गरेको थियो  र उनीहरुलाई परामर्श र प्रशिक्षण दिएर छोडिएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले बताए । 

प्रहरीले प्रस्तुत गरेको तथ्यांकमा सवैभन्दा बढी दुव्र्यसनीमा फस्नेमा माध्यामिक तह अध्ययन गर्दै गरेका विद्यार्थी रहेको पाइएको छ । लागुऔषध सेवन गर्नेमा सवै ६ कक्षा देखि १० कक्षा सम्म अध्ययन गर्ने विद्यार्थीहरुको संख्या ४१ प्रतिशत रहेको छ । त्यस्तै, १० भन्दा माथि प्लस टु सम्म अध्ययन गर्ने विद्यार्थीको संख्या ३४.२ प्रतिशत रहेको थापाले बताए । यसैगरी प्राथमिक तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या १५.९ प्रतिशत रहेको देखिएको छ । स्नातक तह भन्दा माथि अध्ययन गर्ने विद्यार्थीको संख्या १.७ प्रतिशत रहेको छ भने अशिक्षित मानिसको संख्या ६.३ प्रतिशत रहेको प्रहरी उपरीक्षक थापाले बताए । 

पछिल्लो समय विपि राजमार्ग संचालनमा आएसँगै लागुऔषध सेवनकर्ता र ओसारपसार गर्नेको संख्यामा बृद्धि भएको थापाले बताए । राजमार्ग हुदैँ राजधानी काठमाडौं तर्फ तराईका  जिल्लाबाट लागुऔषध ओसारपसार गर्नेको संख्या बढ्ेको अनुसन्धानको क्रममा पाइएको थापाले बताए । 

लागुऔषध विरुद्धको दिवस एक हप्ता सम्म संचालन हुने उनले बताए ।