१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका ओखलढुंगा
२०७६ असार ५ बिहीबार १२:२९:००
Read Time : < 1 मिनेट
समाचार

ओखलढुंगामा टेम्पो दुर्घटना हुँदा ५ गम्भीर घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका ओखलढुंगा
२०७६ असार ५ बिहीबार १२:२९:००

ओखलढुंगामा टेम्पो (अटो) दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन् । रुम्जाटारबाट सदरमुकाम तर्फ आउँदै गरेको को २ ह ४९०० नम्बरको टेम्पो ओखलढुंगा-रुम्जाटार सडकबाट करिब ५० मिटर तल झरेर ढुंग्रे जाने सडकमा पुगेर दुर्घटना भएको हो । 

सिद्धिचरण नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन आउँदै गरेका रुम्जाटार माविका विद्यार्थीहरु दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख पुषपराज मल्लले जानकारी दिए । दुर्घटनामा चालक सहित ५ जना घाइते भएका छन् ।

युवराज कट्वाल, खड्ग नारायण श्रेष्ठ, भरत राई, फुरि शेर्पा र चालक सानुराम दाहाल घाइते भएका हुन् । उनीहरुको अहिले ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये खड्ग नारायण श्रेष्ठको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको रुम्जाटार माविका प्रधानाध्यापक गोकर्ण बानियाँले बताए । 

सामुदायिक अस्पतालमा उपचार सम्भव नभए हेलिकप्टर मार्फत काठमाडौं पठाइने सांसद अम्बिरबाबु गुरुङले बताए । सांसद गुरुङ उपचारत विद्यार्थीको अवस्था बुझ्न अस्पताल पुगेका छन् ।