मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सागर रिजाल प्युठान
२०७६ असार ५ बिहीबार ११:५९:००
Read Time : < 1 मिनेट
प्रदेश

ऐरावतीमा ५२ स्थानमा  रिचार्ड पोखरी निर्माण हुँदै 

Read Time : < 1 मिनेट
सागर रिजाल प्युठान
२०७६ असार ५ बिहीबार ११:५९:००

जिल्लाको ऐरावती गाउँपालिकाले ५२ स्थानमा रिचार्ड पोखरी निर्माण गर्न लागेको छ । पानीको मुहान संरक्षण गर्ने उद्देश्यले ५२ स्थानमा रिचार्ड पोखरी निर्माण सुरु गरिएको हो । पछिल्लो समय वनजंगल फँडानीसँगै पानीको मुहान सुक्दै जान थालेपछि गाउँपालिकाले  पोखरी निर्माण सुरु गरेको हो । ‘पूर्वाधार विकाससँगै सडक निर्माणका क्रममा वनजंगल मासिने र खानेपानीको स्रोत सुकेर जाँदा यहाँका स्थानीयलाई खानेपानीको चरम समस्या बढेको छ,’ गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले भने, ‘पानीको समस्या सहज बनाउन रिचार्ड पोखरी बनाउन लागिएको हो । ’

वन उपभोक्ता समितिको सक्रियतामा पोखरी  गाउँपालिकाअन्तर्गतका सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरूको सक्रियतामा रिचार्ड पोखरीको निर्माण सुरु भएको हो । गाउँपालिकाभित्रका ६ वटा वडालाई समेट्ने गरी प्रत्येक वडामा पोखरी निर्माण हुँदै छन् । केही वडामा पोखरी बनाउने कार्य सम्पन्न भइसकेको छ । वन महासंघ समितिका सदस्यहरूलाई खाजा खर्च र दैनिक एक सय ५० रुपैयाँ दिएर  पोखरी निर्माणको काम अघि बढाइएको होे । स्थानीयको समस्यालाई प्राथमिकता दिँदैै ल्याइएको योजनाबाट यहाँका स्थानीय नागरिक खुसी भएका छन् ।