मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हिमालयन जाभा
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ५ बिहीबार ११:२४:००
Read Time : < 1 मिनेट
नयाँCity

यसरी बन्छ मीठो कफी : गगन प्रधान

फुर्सद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ५ बिहीबार ११:२४:००

मिठो कफी बनाउन दक्षता त चाहिन्छ नै, त्योसँगै गुणस्तरीय सामग्री पनि उत्तिकै आवश्यक हुन्छ । राम्रो पानी, शुद्ध दूध र हाई क्वालिटी कफी आवश्यक हुन्छ । यदि राम्रो कफी छ, दूध राम्रो छैन भने कफीको स्वाद राम्रो हुँदैन । सबै चिजको तालमेल मिल्नुपर्छ ।

हिमालयन जाभामा जारको राम्रो पानीबाट कफी बनाउँछौँ । एउटै जारको मूल्य एक सय ३० देखि एक सय ४० रुपैयाँ पर्छ । हुन त जारको पानी ३०/४० रुपैयाँमा पनि पाइन्छ । तर, हामी राम्रो पानी नै किन्छौँ । स्वाद र स्वास्थ्य दुवैका लागि हामी सम्झौता गर्न सक्दैनौँ । 

दूध पनि सकभर राम्रो किन्ने प्रयास हुन्छ । मलाई रातारात बिलियन डलरको कम्पनी मालिक बन्नु छैन । उपभोक्तालाई गुणस्तरीय कफी सर्भ गर्नुछ । तर, हामीसँग गुणस्तरीय सामान दिने सप्लायर नै छैनन् । यो बडो चुनौतीपूर्ण छ । गुणस्तरीय सामग्री जम्मा गरेपछि घरैमा सामान्य प्रक्रियाबाट स्वादिलो कफी बनाउन सकिन्छ ।