मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
राज सरगम काठमाडाैं
२०७६ असार ५ बिहीबार ११:०८:००
Read Time : > 1 मिनेट
नयाँCity

पहिला ग्रिन सिटी अनि स्मार्ट सिटी : ठाकुर गैरे

काठमाडौं संवाद

Read Time : > 1 मिनेट
राज सरगम काठमाडाैं
२०७६ असार ५ बिहीबार ११:०८:००

हरेक मान्छे अटाउने ठाउँ हो काठमाडौं । यहाँ अरूलाई खोज्न एकदम सहज छ । किनकि, यो सानो सहर हो । एकैदिनमा धेरै मान्छेलाई भेट्न सकिन्छ । यतिसम्म कि कस्सिएर हिँड्ने हो भने काठमाडौंलाई एकैदिनमा फेरो मार्न सकिन्छ । यो आफू आफैसँग हराउने सहर पनि हो । तर, यहाँ आफैँलाई खोज्न भने सजिलो छैन । काठमाडौं ज्यादै सुन्दर छ । यहाँको हावापानी अझ स्वच्छ छ । तर, पछिल्लो समय मानवनिर्मित भौतिक संरचनाले काठमाडौंको मौसमलाई हस्तक्षेप ग-यो ।प्रकृतिलाई नै तहस–नहस बनायो । 

पछिल्ला वर्षमा सडक कम मात्र विस्तार भए । तर, सवारीसाधनको चाप कम हुन सकेको छैन । सडक पिच हुँदै गए पनि टेलिफोन र बिजुलीका तार असरल्लै छन् । ती तारलाई भूमिगत पार्नुपथ्र्यो । तारका कारण सहरै कुरूप देखिन्छ । सडक पिच पनि गर्ने र खनेर भत्काउने केही अघि र पछि मात्र हुन्छ । जसले गर्दा पिच टिक्दै टिक्दैन । धुलोले खपिनसक्नु हुन्छ । पानी पर्दा हिलो हुन्छ । यसलाई किन व्यवस्थित गर्न सकिएन ? धुलोका कारण काठमाडौंको सौन्दर्य हराइरहेको विषय किन महत्वपूर्ण भएन ? यसमा ध्यान पु-याउनु जरुरी छ । सहर मात्र भएर भएन, सुन्दर पनि हुनुपर्छ । 

काठमाडौंमा बस्ती बाक्लियो । गल्ली झन् साँघुरा हुँदै गए । तीनै साँघुरा गल्लीमा घर च्यापिएका छन्  कम जमिनमा पनि अग्ला–अग्ला घर बनाइए । त्यसैले तीन आनाभन्दा कम जमिनमा बनेका घरको बस्तीलाई एकीकृत बस्ती बनाइनुपर्छ । महानगरपालिकाले नक्सा पास गर्दा हरेक घरमा अन्डरग्राउन्ड पार्किङ बनाउनैपर्ने नियम बनाउनुपर्छ । घरअघि कम्तीमा पाँच रूख रोप्न सकिने ठाउँ छाड्नुपर्ने नियम ल्याइनुपर्छ । यसो भयो भने वातावरण अलि सुध्रन्छ । हरियाली छाउँछ । प्रदूषण कम भयो भने स्वस्थ हुन सघाउ पुग्छ । यसो हुँदा काठमाडौं ‘ग्रिन सिटी’ हुन्छ । त्यसैले स्मार्ट सिटीसँगै ग्रिन सिटी बनाउन पनि लाग्नुप-यो । बाहिरी चक्रपथ निर्माणले पनि काठमाडौंलाई कोलाहाल र खाँदिएको अवस्थाबाट अलिकति खुकुलोचाहिँ बनाउन सक्छ । उपत्यकाभित्रको बाक्लो बस्तीलाई उपत्यका किनारको पहाडमा सार्न सके थप सुन्दरता झल्कन्छ । 

घरअघि कम्तीमा पाँच रूख रोप्न सकिने ठाउँ छाड्नुपर्ने नियम ल्याइनुपर्छ । यसो भयो भने वातावरण अलि सुध्रन्छ । हरियाली छाउँछ । प्रदूषण कम भयो भने स्वस्थ हुन सघाउ पुग्छ । यसो हुँदा काठमाडौं ‘ग्रिन सिटी’ हुन्छ ।

वास्तवमा यहाँ काठमाडौंबाट लिन मात्रै खोज्नेहरू छन् । यही काठमाडौंले लेखायो पढायो । असल र खराब चिनायो । तर, त्यही मान्छेले अन्तिममा यहाँको हावापानीलाई चुनौती दिएर संरचना बनायो । धेरै नसके पनि चार वा पाँचवटा रूख रोपेर हरियो त बनाउन सकिन्छ । तर, मान्छे त्यति पनि गर्दैन । देशका ठूला विश्वविद्यालय यहीँ छन् । नेपालको अन्तर्राष्ट्रिय पहुँच यहीँबाट हुन्छ । संसारको जुनसुकै देश जाँदा पनि यहीँबाट जानुपर्छ । राजधानी आमनेपालीका लागि नआइनहुने ठाउँ हो ।

म १३ वर्षदेखि बबरमहल बस्दै आएको छु । बबरमहल मेरो ठेगाना नै बनिसक्यो । यहाँ हरेक ठाउँ जानका लागि गाडी पाइन्छ । कतिपय ठाउँमा पैदल नै जान्छु । अहिले पनि मेरो गाडी घोडा छैन । हिँड्न कत्ति छुटाउँदिनँ । यहाँबाट म अनामनगर, पुतलीसडक, बागबजार, रत्नपार्क दरबारमार्ग, कुपोन्डोल, मन्त्री क्वाटर पुलचोक ‘वाकिङ डिस्टेन्स’ हुन् । यति लोकेसनमा जाँदा गाडी चढ्दिनँ । मजस्ताका लागि यहाँ साइक्लिङ रोड, पैदल यात्रुमैत्री रोड हुनुप-यो । पुराना सवारीसाधनलाई हटाउनुप-यो । यसो गर्न सकिए काठमाडौं अझ सुन्दर र आकर्षित हुन सक्छ ।