मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार ५ बिहीबार ११:१७:००
Read Time : < 1 मिनेट
प्रदेश

ट्राफिक प्रहरीमा डेंगुको संक्रमण

Read Time : < 1 मिनेट
२०७६ असार ५ बिहीबार ११:१७:००

धरानस्थित जिल्ला ट्राफिक कार्यालय, सुनसरीमा कार्यरत पाँचजना प्रहरीमा डेंगुको संक्रमण देखिएको छ । सईसहित पाँचजना प्रहरीहरू डेंगुबाट थलिएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर होमनाथ दाहालले जानकारी दिए । 

सई एकराज खड्का, असई होमबहादुर खनाल, प्रहरी हवल्दार, पदमप्रसाद सुवेदी, प्रहरी जवान चित्रबहादुर कार्की र प्रहरी सहयोगी अणकबहादुर भट्टमा डेंगुको संक्रमण देखिएको दाहालले जानकारी दिए । त्यसमध्ये, सई खड्का र जवान कार्की भने मंगलबार डिस्चार्ज भएका छन् । उनीहरू जेठ ३० गते अस्पताल भर्ना भएका थिए ।

महामारीको रूपमा फैलिएको डेंगुबाट प्रभावित भएका धरानका सात सय २९ बिरामी उपचारपश्चात् घर फर्किएका छन् । डेंगु रोग लागेका अन्य ३३ जनाको अस्पतामा उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ । वैशाख ३१ देखि धरानमा डेंगु फैलिएको हो ।