मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सन्तोष रुचाल धनकुटा
२०७६ असार ५ बिहीबार ११:१४:००
Read Time : < 1 मिनेट
समाचार

धनकुटाको लोफादिनमा दैनिक बस सेवा

Read Time : < 1 मिनेट
सन्तोष रुचाल धनकुटा
२०७६ असार ५ बिहीबार ११:१४:००

सडक सञ्जाल विकास भएको झन्डै एक दशकपछि धनकुटाको चौबिसे गाउँपालिका–७ स्थित लोफादिनमा दैनिक बस सेवा सञ्चालनमा आएको छ । सडकको स्तरोन्नति गरेर सुनसरीको धरानबाट नियमित बस सेवा सञ्चालन गरिएको वडाध्यक्ष दुर्गा सुवेदीले बताए । 

पहिलोपटक गाउँमा बस आएपछि स्थानीयवासीमा खुसियाली छाएको छ । उनीहरूले बस, बसका चालकसहित वडाध्यक्षलाई समेत फूलमालाले स्वागत गरेका छन् । नियमित यातायात सञ्चालनमा गाउँमा उत्पादित विभिन्न प्रकारका सागसब्जी, अन्नपातलगायत सामग्री बजार पुर्‍याउन सहज भएको स्थानीय बताउँछन् । 

बस सञ्चालन आएपछि स्थानीय ७० घरपरिवार लाभान्वित भएका छन् । चालू आर्थिक वर्षमा गाउँपालिकाले सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखेको खजीन्द्र राईले बताए । ‘गाउँपालिकाले नयाँ सडक निर्माणभन्दा पनि पुरानो सडकको स्तरोन्नति गरेर जनतालाई छिटो–छरितो सेवा दिने लक्ष्य राखेको छ,’ गाउँपालिकाका अध्यक्ष खजीन्द्र राईले भने । विगतमा निर्माण गरिएका पुराना सडकको स्तरोन्नति नभएसम्म नयाँ सडक निर्माण नगर्ने उनले बताए ।

‘सडक निर्माण गर्दा लाखौँ बजेट खर्च गरेर मात्र हुँदैन । त्यसको स्तरोन्नति कमजोर भयो भने जनताले सेवा पनि पाउन सक्दैनन्,’ राईले भने, ‘लगानी पनि बालुवामा पानी हालेसरह हुनेछ । त्यसैले गाउँपालिकाले सडक स्तरोन्नतिलाई पहिलो प्राथमिकतामा राखेको छ ।’