१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असार ५ बिहीबार ११:०६:००
Read Time : < 1 मिनेट
खेलकुद

बिहीबारको खेलमा जो चम्किन सक्छन्

Read Time : < 1 मिनेट
२०७६ असार ५ बिहीबार ११:०६:००

स्टिभ स्मिथ (अस्ट्रेलिया)
प्रतिबन्धपछि स्मिथको एउटै लक्ष्य थियो, उत्कृष्ट पुनरागमन गर्ने र आफूमाथि लागेको दाग हटाउने । इंग्लिस भूमिमा चलिरहेको विश्वकप क्रिकेटमा स्मिथले यस्तै उदाहरण प्रस्तुत गर्दै ब्याटिङ गरिरहेका छन् । अस्ट्रेलियाको जितमा खेलका नायक अन्य खेलाडी भए पनि स्मिथले इनिङ बिल्डअपको काम गर्दै आएका छन् । यद्यपि, स्मिथको ब्याटबाट शतकीय इनिङ आएको छैन, तर उनले पाँचमध्ये तीन खेलमा अर्धशतकीय इनिङ खेले । साथीहरूसँग साझेदारी गर्दै टोलीका लागि ठूलो स्कोर खडा गर्ने कार्यमा उनी अग्रसर छन् । इंग्लिस पिचका राम्रा जानकार स्मिथ अब बंगलादेशसँग पनि यस्तै प्रदर्शन दोहोर्‍याउने पक्षमा छन् ।


लिटन दास (बंगलादेश)
विश्वकप इतिहासमा दुईपटकको च्याम्पियन वेस्टइन्डिजमाथि सनसनीपूर्ण जित निकाल्दा बंगलादेशका लागि विकेटकिपर ब्याट्सम्यान लिटनले उत्कृष्ट प्रदर्शन गरेका थिए । यद्यपि, सो खेलमा अलराउन्डर सकिब अल हसनले शतकीय इनिङ खेले पनि लिटनले उनलाई साझेदारीमा साथ दिएका कारण बंगलादेशले जित निकाल्न सक्यो । चालू विश्वकपमा एक मात्र खेल खेलेका लिटनले वेस्टइन्डिजविरुद्ध ९४ रन बनाएका थिए । पाँचपटकको विजेता वेस्टइन्डिजविरुद्ध लिटनबाट बंगलादेशले यस्तै अपेक्षा राखेको छ । लिटनले पुनः एकपटक अर्को विश्व च्याम्पियन राष्ट्रविरुद्ध गतिलो प्रदर्शन गर्ने अपेक्षा छ ।