मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सुदीप सिवाकोटी हेटौँडा
२०७६ असार ५ बिहीबार १०:५५:००
Read Time : > 1 मिनेट
समाचार

दुई अर्ब आठ करोडको बजेट ल्याउँदै हेटौँडा उपमहानगरपालिका

Read Time : > 1 मिनेट
सुदीप सिवाकोटी हेटौँडा
२०७६ असार ५ बिहीबार १०:५५:००

हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष ०७६/७७ का लागि दुई अर्ब आठ करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । चालू आर्थिक वर्षका लागि एक अर्ब ८२ करोडको बजेट ल्याएको उपमहानगरपालिकाले आगामी आवका लागि २६ करोड रुपैयाँ ठूलो बजेट ल्याउने तयारी गरेको हो । हेटौँडाका १९ वटा वडामा उपमहानगरपालिकाले ३१ करोड ७५ लाख रुपैयाँको सिलिङ पठाएको थियो । उपमहानगरमा गाभिएका साबिकका हर्नामाडी, हटिया, पदमपोखरी, चुरियामाई, बसामाडी र बस्तीपुर गाविसका लागि भने नगरले दोब्बर बजेट उपलब्ध गराउने योजना अघि सारेको छ । साबिक ११ वटा वडामा कम र थपिएका नयाँ आठवटा वडामा दोब्बर रकमको सिलिङ दिइएको नगरप्रमुख हरिबहादुर महतले बताए । 

६ गौरवका योजना
हेटौँडा उपमहानगरले ६ वटा योजनालाई गौरवका योजनामा समावेश गरेको छ । ‘हेटौँडाको समग्र विकास र निर्माणमा टेवा पु¥याउने उद्देश्यले ६ वटा योजनालाई प्राथमिकतामा राख्दै गौरवका योजनामा समेटेका हौँ,’ मेयर महतले भने । गौरवका योजना प्रदेश सरकारसँगको सहकार्यमा अघि बढाउने उपमहानगरको तयारी छ । गौरवका योजनाका लागि १२ करोड छुट्याउने तयारी गरिएको मेयर महतले बताए । हेटौँडाको बस टर्मिनलमा तीन करोड, कर्रा करिडोरमा दुई करोड, बृहत्तर हेटौँडा चक्रपथका लागि तीन करोड रुपैयाँ विनियोजन गर्ने तयारी गरिएको नगर प्रमुख महतले जानकारी दिए । त्यसैगरी, भ्यु–टावर निर्माणका लागि दुई करोड, चन्द्रोदय मावि हेटौँडा–८ को चौरमा प्यारापिट बनाउन एक करोड, अटो भिलेज निर्माणका लागि एक करोड रुपैयाँ छुट्याइएको छ । 

थाहाको बजेट ७५,मनहरीको ६० करोड
मकवानपुरका १० वटै स्थानीय तह अहिले बजेट बनाउने चटारोमा छन् । हेटौँडा उपमहानगरसहित १० वटै स्थानीय तहले असार १५ भित्र बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । थाहा नगरपालिकाले आगामी आवका लागि करिब ७५ करोडको बजेट प्रस्तुत गर्ने नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । चालू आवमा करिब ६० करोड बजेट ल्याएको थाहाले यसपटक बजेटको आकार बढाउन लागेको हो । मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको मनहरी गाउँपालिकाले करिब ६० करोडको बजेट ल्याउने तयारी गरेको छ । मनहरी गाउँपालिका प्रमुख एकराज उप्रेतीले आन्तरिक आयमा जोड दिएका कारण आगामी आवको बजेटमा वृद्धि भएको बताए ।