१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असार ५ बिहीबार ११:०१:००
Read Time : < 1 मिनेट
खेलकुद

गसिप : श्रीलंकाली खेलाडी कारबाहीमा पर्न सक्ने

Read Time : < 1 मिनेट
२०७६ असार ५ बिहीबार ११:०१:००

इंग्ल्यान्डमा चलिरहेको विश्वकपअन्तर्गतको खेलमा श्रीलंका अस्ट्रेलियासँग नराम्रोसँग पराजित भयो । अन्तर्राष्ट्रिय खेलको नियमअनुसार खेलपछि दुवै टोलीका कप्तान र प्रशिक्षक प्रेस कन्फरेन्समा उपस्थित हुनुपर्छ । क्रिकेटको नियमनकारी संस्था आइसिसीले श्रीलंका र अस्ट्रेलियाबीचको खेलपछि पत्रकार सम्मेलन आयोजना गरेको थियो । 

अस्ट्रेलियाका कप्तान आरोन फिन्च मिडिया बक्समा उपस्थित हुँदा श्रीलंकाली कप्तान दिमुथ करुनारत्ने भने आएनन् । आइसिसीले श्रीलंकाली कप्तान उपस्थित नहुनुको कारण मागेको छ । प्रेस कन्फरेन्समा उपस्थित नहुने टोली तथा कप्तानलाई कारबाही गर्न सकिने आइसिसीले जनाएको छ ।

यता श्रीलंकाली खेलाडीले आयोजकले आफूहरूलाई उपलब्ध गराएको सुविधा राम्रो नभएको बताएको छ । त्यसकै विरोधमा श्रीलंकाली कप्तान र प्रशिक्षक प्रेस कन्फरेन्समा नगएको श्रीलंकाली टोलीका एक सदस्यले अन्तर्राष्ट्रिय मिडियालाई जानकारी दिएका छन् । आइसिसीले खेलाडीका समस्या समाधान गर्न तयार भएको जनाए पनि नियमभन्दा बाहिर रहनेलाई कारबाही गर्ने स्पष्ट पारेको छ ।