१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असार ५ बिहीबार १०:५९:००
Read Time : < 1 मिनेट
समाचार

प्यूठानमा तास खेलिरहेका ६ जुवाडे पक्राउ 

Read Time : < 1 मिनेट
२०७६ असार ५ बिहीबार १०:५९:००

प्यूठानको सरुमारानी गाउँपालिका –१ बांगेशालमा तास खेलिरहेका ६ जुवाडेलाई प्रहरीले क्रिाउ गरेको छ । बुधबार साँझ ७ बजे ढुंगेगढी प्रहरी चौकी दर्भानका प्रहरी नायव निरीक्षक नवीन कुमार थापाको नेतृत्वको समुहले बांगेशालका अस्गर अली, समर मिया, गोपाल मिया, अगवर अली, चुमान सुनार र शशी मियालाई प्रक्राउ गरेको होे । साथै, प्रहरीले शशी मियाको घरबाट ७८ हजार रुपैयाँ बरामद गरेको उनले बताए । 

प्रक्राउ परेका जुवाडेलाई कारवाहीका लागि बुधबार रातिनै जिल्ला प्रहरी कार्यालय खंलगामा पठाएको उनले बताए । राजनीतिक दवावमा जुवाडेलाई छोडन लगाइएपनि प्रहरीले कारवाहीको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।