मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ असार ५ बिहीबार १०:४५:००
Read Time : > 2 मिनेट
अर्थ

जीवनभरका लागि एउटै बिमा

Read Time : > 2 मिनेट
२०७६ असार ५ बिहीबार १०:४५:००

पोलिसी प्रिभ्यु : सिटिजन जीवन सारथि योजना

हामीलाई थाहा छ । हरेक व्यक्तिको नियमित आम्दानी गर्न सक्ने एउटा निश्चित उमेर हुन्छ । सो उमेरपश्चात् सामान्यतया जीवन जिउन अरूको सहारा लिनुपर्दछ । जुन आफूले सोचेजस्तो सार्थक नहुन पनि सक्छ । तसर्थ नियमित आम्दानी गर्ने उमेरपछि आर्थिक सुरक्षाको प्रत्याभूति भई सार्थक जीवन जिउन सिटिजन्स लाइफले सिटिजन जीवन सारथि योजना सञ्चालनमा ल्याएको छ । 

यस योजनामा बिमालेख परिपक्क भएपश्चात् बिमालेखमा तोकिएको बिमांक रकम र नियमनअनुसारको बोनस एकमुष्ट भुक्तानी गरिन्छ । सोपश्चात् बिमितको उमेर ७० वर्ष पूरा भएको बिमालेखको पहिलो वार्षिकोत्सव तथा त्यसपछि हरेक पाँच–पाँच वर्षमा बिमितको उमेर ९० वर्षसम्म बिमांकको २०–२० प्रतिशतका दरले हुने रकम भुक्तानी गरिन्छ । 

आफ्नै जीवनकालमा एउटै बिमालेखबाट दुई गुणा बिमांक तथा बोनस रकम प्राप्त हुने भएकाले नियमित आयआर्जनपश्चात्को जीवन सरल एवं सहज तरिकाले जिउन मद्दत गर्ने सिटिजन जीवन सारथि एक सर्वोत्तम बिमा योजना भएको कम्पनीले दाबी गरेको छ । 

 विशेषता
बिमालेख परिपक्क मितिसम्म बिमित जीवित रहेमा बिमालेखको सर्तहरूको अधीनमा रही बिमांक र नियमानुसारको बोनस रकम भुक्तानी हुन्छ । बिमालेख परिपक्क भएपछि बिमितको उमेर ७० वर्ष पूरा भएको बिमालेखको पहिलो वार्षिकोत्सव तथा त्यसपछि हरेक पाँच–पाँच वर्षमा बिमितको उमेर ९० वर्ष पुगुन्जेलसम्म देहायबमोजिम निरन्तर रकम भुक्तानी गरिनेछ । 

बिमाशुल्क भुक्तानी अवधिभित्र बिमालेख चालू रहेको अवस्थामा बिमित दुर्घटनाको कारणबाट स्थायी पूर्ण अशक्त भएमा तत्पश्चात् भविष्यमा तिनुपर्ने बिमाशुल्क मिनाहा हुनेछ र बिमालेख परिपक्व मितिपश्चात् बिमांक र नियमानुसारको बोनस रकम भुक्तानी हुनेछ । 

त्यस्तै, बिमालेख परिपक्व मितिअगावै बिमितको मृत्यु भएमा बिमालेखको सर्तहरूको अधीनमा रही बिमांक (दुर्घटनाबाट मृत्यु भएमा सोको बिमांकसमेत) र नियमानुसार बोनस रकम भुक्तानी गरिनेछ । बिमालेख परिपक्क भई बिमांक र बोनस रकम भुक्तानीपश्चात् बिमितको उमेर ७० वर्ष पुग्नुअघि मृत्यु भएमा बिमालेखको बिमांक रकमका साथै दुर्घटनाबाट मृत्यु भएमा सोको बिमांक रकमसमेत भुक्तानी गरिनेछ । बिमितको उमेर ७० वर्ष पुगेपश्चात् बिमितको मृत्यु भएमा बिमांक रकमबाट ७० वर्षपश्चात् जीवित लाभ खण्डको तालिकाबमोजिम भुक्तानी भएको रकम कट्टा गरी बाँकी रकम बिमितको इच्छाइएको व्यक्ति वा निजको हकवालालाई भुक्तानी हुन्छ । 

यस योजनामा ९० वर्षसम्म बिमालेखमा ऋण सुविधा लिन सकिनेछ । विभिन्न २० वटा घातक रोगहरूका लागि बिमा रक्षावरण गर्नेछ । अतिरिक्त सुविधाहरूद्वारा बिमाशुल्क भुक्तानी समाप्तपश्चात् पनि जोखिम बहन गर्छ । 

सहभागी हुने उमेर
यो बिमा योजनामा न्यूनत्तम १६ वर्षदेखि अधिकतम ६० वर्षसम्मका मानिस सहभागी हुन सक्नेछन् । बिमाको अवधि ३० देखि ७४ वर्षको हुनेछ । ५ देखि ४९ वर्षसम्मको बिमाशुल्क भुक्तानी गर्नुपर्नेछ । अधिकतम बिमाशुल्क भुक्तानी समाप्ति उमेर ६५ वर्ष रहेको छ । अधिकतम बिमा समाप्ति उमेर ९० वर्षको हुनेछ । न्यूनतम बिमांक रकम ५० हजारदेखि अधिकतम तीन करोड रुपैयाँसम्म रहेको छ । एकल, बार्षिक, अर्धवार्षिक वा त्रैमासिक रूपमा बिमाशुल्क भुक्तानी गर्न सकिनेछ । वार्षिक बिमाशुल्क भुक्तानीमा २ प्रतिशत छुट दिइनेछ । अर्धवार्षिक बिमाशुल्क भुक्तानीमा १ प्रतिशत छुट हुनेछ । ७० वर्षसम्म दुर्घटनाबाट मृत्यु एवं स्थायी पूर्ण अशक्तता बिमा रक्षावरण गर्नेछ भने ९० वर्षसम्म कुनै कारणबाट मृत्यु भएमा रक्षावरण गर्नेछ ।

कम्पनीको विश्वास : पोषकराज पौडेल, प्रमुख कार्यकारी अधिकृत, सिटिजन लाइफ इन्स्योरेन्स
सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले ३० असोज ०७४ मा बिमा समितिबाट अन्तिम स्वीकृति लिएर २ कात्तिकमा औपचारिक सुरुवात गरेको हो । नेपालको विभिन्न स्थानमा कम्पनीले ७० वटा शाखा सञ्चालन गरेको छ । कम्पनीमा २ सयभन्दा बढी कर्मचारी कार्यरत छन् । कम्पनीले नेपाली परिवेशअनुसार नयाँ खालका बिमा योजना सञ्चालन गरेको छ । सोही क्रममा कम्पनी सिटिजन जीवन सारथि बिमा योजना सञ्चालनमा ल्याएको हो । यो योजनाअनुसार एउटै योजना श्रीमान्–श्रीमतीको जोखिम रक्षावरण गर्नै नै छ । साथमा हामीले बिमा अवधि परिपक्क भएपछि निश्चित रूपमा डबल भुक्तानी गर्नेछौँ भने बोनस रकम पनि भुक्तानी गर्नेछौँ । बिमा अवधि परिपक्क भएपछि पनि बिमित जीवित रहेसम्म हामी निश्चित रकम भुक्तानी गर्दै जानेछौँ । यो नेपालका लागि नयाँ खालको बिमा योजना हो । त्यसैले हरेकका लागि यो योजना उपयुक्त हुन्छ ।