१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ असार ५ बिहीबार १०:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

आँगनमा सुतिरहेका व्यक्तिको हत्या

Read Time : < 1 मिनेट
२०७६ असार ५ बिहीबार १०:४३:००

बर्दियाको राजापुरमा आँगनमा सुतिरहेका व्यक्तिको हत्या भएको छ । राजापुर नगरपालिका ३ नंगापुरमा ५५ वर्षीय जयराम थारुको बुधबार राति आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । 

घरमा मृतक र उनकी बुहारी मात्र थिए । बुहारी घरमा भित्र चुक्कुल लगाएर सुतेको र मृतक ससुरा बाहिर आँगनमा सुतेका थिए । उनका छोरा भने बैदेशिक रोजगारमा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक मदनजित महराले घटनाबारे अनुसन्धान भइरहेको बताए । अनुसन्धानको लागि कुकुरसहितको टोली आउँदै गरेको उनले बताए ।